अवैध सम्वन्धले निम्त्यायो जोत्सनाको अकाल मृत्यु

यौन चाहना पूरा नगरेको निहुले हत्याको रुप लियो
१८ चैत, काठमाडौं । धुम्बराहीमा मृत भेटिएकी जोत्सना तामाङलाई उनकै कथित प्रेमीले शौचालयको झ्यालबाट बाहिर हुत्याएर मारेको खुलासा भएको छ ।
बुधबार विहान धुम्वाराही प्रगतीटोलमा अर्धनग्न अवस्थामा महिलाको शव भेटिएको थियो । प्रहरी अनुसन्धानका क्रममा दार्जलिङ घर भएकी तामाङको हत्या उनकै कथित प्रेमी प्रितम मानन्धरले गरेको खुलेको हो ।

अभियुक्त प्रितम र जोत्सनाको शव
अभियुक्त प्रितम र जोत्सनाको शव
प्रहरीका अनुसार जोत्सनाका ‘बिजनेस पार्टनर’ रञ्जु थापा मार्फत प्रितमसँग भेटघाट भएको थियो । प्रितमको भाटभटेनीमा एटीटीआइसी रेष्टुरेन्ट छ । रेष्टुरेन्टमा जाने क्रममा सम्बन्ध घनिष्ठ भएपछि प्रितम सातामा एक पटक जोत्सनाको कोठामा खानपिनका लागि पुग्थे ।
मंगलबार साँझ पनि प्रितम जोत्सनाको घरमा गएका थिए । प्रिमत, जोत्सना र पवित्रा लिम्बुले मध्यरातमम्म सँगै बसेर मदिरापान गरेको खुलेको छ । लिम्बु जोत्सनाकी साथी हुन् ।
प्रहरीका अनुसार जोत्सनाककी ६/७ वर्षकी छोरी समेत छिन् । राती पवित्रा लिम्बु जोत्सनाको छोरीसँग अर्को कोठामा सतेकी थिइन् भने पि्रतम र जोत्सना एउटै कोठामा सुतेका थिए । त्यसक्रममा पि्रतम र जोत्सनाले शारीरिक सम्बन्ध समेत राखेका थिए ।
अत्याधिक मदिरा सेवन गरेका कारण आफ्नो यौन चाहना पुरा नभएपछि जोत्सनाले प्रितमलाई शौचालयमै बोलाएको र त्यसक्रममा उनीहरुबीच विवाद भएको बयानका क्रममा खुलेको छ ।
जोत्सनाले प्रितमलाई तेरो र्को, को केटी साथी छ ? किन मेरो चाहना पुरा गर्न सक्दैनस् ? भनेपछि उनीहरुबीच विवाद भएको थियो । विवादकै क्रममा पि्रतमले जोत्सनालाई शौचालयको झ्यालबाट बाहिर हुत्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जोत्सनाको हत्यापछि प्रितम भने कोठामा गएर सुतेका थिए । विहान पवित्राले जोत्सनाबारे सोध्दा उनले खै कता गई ? भनी थाहा भए जस्तो जवाफ दिएका थिए ।
घटना शंकास्पद भएपछि प्रहरीले प्रितम र पवित्रालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार जोत्सनाका पति विदेशमा छन् । अभियुक्त पि्रतम भने अविवाहित हुन् ।