भारतलाई हराउँदै नेपाल यू-१४ गर्ल्स च्याम्पियनसिपको फाइनलमा

Nepal-U-14-Girls
११ वैशाख, काठमाडौं । भारतलाई पराजित गर्दै साविकको विजेता नेपाल एएफसी यू-१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोल अन्तरले पराजित गर्‍यो । दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि ४६ औं मिनेटमा निर्मला उपाध्यायले गोल गरिन् ।
खेलको ५५ र ६२ औं मिनेटमा भारतले काउन्टर मुभ बनाएको थियो । तर, नेपाली गोलरक्षक राबिता कुमारीले उत्कृष्ट बचाउ गरिन् । ६५ औं मिनेटमा नेपालले गोल गरेको थियो । तर, रेफ्रीले अफसाइड दिए ।
अब नेपालले उपाधिका लागि बंगलादेश र इरानबीचको विजेतासँग खेल्नेछ ।