परपुरुषसँग शारीरिक सम्बन्ध राखेको भन्दै श्रीमतीको यौनाङ्गमा एसिड प्रहार

acid-attack
भारत । अनौठा र बितण्डाका खबरका लागी भारत संसारमै अग्र स्थानमा छ भन्ने प्रमाणीत गर्छ हालै घटेको यो एसीड काण्डले । बदला लिन वा रिस फेर्न एसीड प्रहारका घटना सुनीदै आए पनि आफ्नी श्रीमतीको यौनाङ्गमा एसीड नै प्रहार गरेको खबर सम्भवत यो पहिलो होला ।
श्रीमती परपुरुषसँग लहसीएको र उसैसँग शारीरिक सम्बन्ध कायम गरेको आरोप लगाउँदै आएका भारतको बख्तियारपुरको रानीसरायमा जितेन्द्र सावले आफ्नै श्रीमतीको योनीमा तेजाव खन्याइदिँदा उनको अवस्था गम्भिर बनेको छ । यस अघि पिडित श्रीमतीले पनि जितेन्द्र छिमेकी युवति सँग लागेको भन्दै श्रीमतीले आपत्ति जनाउदै आएको आवेशलाई सहन नसकी उनले यति तल्लो स्तर सम्मको हर्कत देखाएको प्रहरीले जनाएको छ ।
जितेन्द्रले आफ्नी आमासँग मिलेर युवति सँग संवन्ध राख्न भन्दै श्रीमतीमाथि एसिड प्रहार गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।  पीडित महिलाले फोनबाटै प्रहरीमा उजुरी गरे पनि जितेन्द्र भने भरार रहेका छन् र उनको खोजीकार्य जारी राखीएको भारतीय प्रहरीले जनाएको छ । यसअघि साउथ अफ्रिकाका एक पुरुषले आफ्नी श्रीमती ससुरा पर्नेसँग सल्कीएको आशंकामा आफ्नी ४० बर्षीया श्रीमतीको चाला देखेर शंकाकै भरमा श्रीमतीको यौनाङ्ग सुपरग्लुले टालीदिएका थिए ।medianp