कलियुगका कृष्णः एकसाथ १७ युवतीसँग प्रेम, दुर्घटनापछि खुल्यो पोल

romeo2
कुनै युवकले एकैपटक १७ वटी युवतीसँग प्रेम गर्न सक्छ ? त्यो पनि एकअर्कालाई थाहा नदिई सवैलाई म्यानेज गर्न सम्भव छ ?
एउटै प्रेमिकाको चित्त बुझाउन नसक्नेहरुलाई सायद यो काम असम्भवजस्तै लाग्न सक्छ ।
तर, चीनमा यस्तै एक कलियुगका कृष्णजी भेटिएका छन जसले यति कठिन काम गरिरहेका रहेछन् त्यो पनि बर्षौदेखि । हालै उनी कार दुर्घटनामा परेपछि उनको यो अनौठो ‘कौसल’को खुलासा भएको हो ।
चिनियाँ दैनिक पत्रिका साउथ चाइना मर्निङ पोष्टका अनुसार हुवान प्रान्तको चाङ्सामा बस्ने युआन थरका यी युवक गत मार्च २४ तारिखमा कार दुर्घटनामा परे ।
जीउमा चोटपटक लागेका उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो । उनलाई रेखदेख गर्न डाक्टरले उनकी प्रेमिकालाई फोन गरेर बोलाए ।
सुरुमा साओ ली नामकी युवती पुगिन् जो आफ्नो प्रेमीको अबस्था देखेर रुन थालिन् । तर, केहीबेरमै अस्पतालमा राम्रा राम्रा युवतीहरु थपिँदै गए र सवैले आफ्नो प्रेमी भन्दै रुनकराउन थाले । त्यो देखेर सवैभन्दा पहिले आइपुगेकी उनकी प्रेमिका र अस्पतालका कर्मचारी चकित परे ।
‘जब उनलाई मैले अस्पतालमा देखेेँ, निकै चिन्तित भएँ र रोएँ, तर जब एकपछि अर्को गर्दै राम्रा राम्रा युवतीहरु आउन थाले सवैले मेरो प्रेमी भन्न थाले, तव म चकित परेँ, त्यसपछि त म रुन पनि सकिन् ।’ सुरुमा अस्पताल आइपुगेकी जिआवोले भनिन् ।
युआनले यी सवै गर्लफ्रेण्डलाई निकै बर्षदेखि म्यानेज गर्दै आएका रहेछन् । एक युवतीसँगको सम्बन्धबाट बच्चा नै जन्मिएको रहेछ भने अर्कीसँग उनी छिटै बिबाह गर्ने तयारीमा रहेछन् ।
छोरालाई जन्म दिएकी वाङ फाङ भन्छिन- हाम्रो एक छोरा पनि छ, अब म युआनलाई त माया गर्न सक्दिन, तर छोरालाई भने माया गर्छु ।’
अर्की एक युवती भने आफुले युआनलाई ९ बर्षदेखि पैसा दिँदै आएको बताउँछिन् । पैसा दिएको बताउने अरु पनि युवतीहरु थिए ।
उनको यो ‘पुरुषार्थ’ का बिषयमा चिनियाँ सामाजिक संजालमा निकै चर्चा भइरहेको छ । तीमध्ये सवैले उनलाई गालीमात्र गरिरहेका छैनन्, कतिपयले उनको कौसलको प्रसंसा पनि गरेका छन् ।
जिआवोले यतिबेला सवै १७ पिडीत युवतीहरुको एउटा अनलाइन समूह बनाएकी छिन जो नियमित सम्बादमा छन् । युआनलाई कसरी सजायँ दिने भन्नेबारे पिडीत युवतीहरुवीच छलफल चलिरहेको छ । प्रहरीले भने धोखाघडीको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिरहेको छ ।