भुटानी प्रधानमन्त्री ले नेपाललाई १० लाख अमेरिकी डलर दिएर भने तपाईको पीडा हाम्रो पीडा । (भिडियो सहित)
प्रधानमन्त्री सुशील कोइरालाले गत शनिवार आएको भूकम्पबाट पीडितहरुको उद्धार र राहतको लागि भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गर्नुभएको १० लाख डलर अर्थात् लगभग १० करोड नेपाली रुपैयाको चेक ग्रहण गर्नुभएको छ ।
सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ ।
नेपालमा हालै आएको भूकम्पबाट पीडितहरुलाई सहयोग गर्नका लागि प्रधानमन्त्री तोब्गे सहितको भुटानी टोली विशेष उडानबाट आज काठमाण्डौं आइपुगेको हो ।
भुटानी प्रधानमन्त्री तोब्गेले विनासकारी भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिप्रति भुटानी राजा,भुटानी सरकार र जनताको तर्फबाट दु:ख प्रकट गर्दै प्रधानमन्त्री कोइराला र उहाा मार्फत नेपाली जनता र जीवन गुमाएकाहरुका परिवारप्रति समवेदना प्रकट गर्नुभएको थियो ।
उहााले प्राकृतिक विपत्तिको कुनै सीमा नहुने र यसले विश्व समुदायलाई नै असर गर्ने भएकोले यसको सामना सबैले मिलेर गर्नुपर्ने बताउनु भएको थियो । उहााले आवश्यक परेमा राहत र उद्धारको लागि थप चिकित्सकको टोली पठाउन भुटान तयार रहेको जानकारी पनि दिनुभयो ।अहिले भुटानले ६३ जनाको स्वयंसेवक टोली नेपाल खटाएको छ ।