आर्यघाटमा शव जलाउने ठाउँ भएन … (फोटो फिचरसहित)

१३ वैशाख, काठमाडौं । महाभुकम्पका कारण मृत्यु हुनेहरुको संख्या बढेपछि पशुपति आर्यघाटमा सदगति गर्ने ठाउँको अभाव भएको छ । आइतबार अपरान्ह अनलाइनखबरको टोली आर्यघाटमा पुग्दा त्यहाँ एकैपटक करिब सयको संख्यामा सदगति भइरहेको छ ।
दाहसंस्कार गर्ने ठाउँ नभएपछि पशुपति क्षेत्रबाहेक वाग्मती नदीको अन्य भागमा समेत दाहसंस्कार भइरहेको छ । पशुपति क्षेत्रको वातावरण मृतकका आफन्तको रोदनले भावविहृवल बनेको छ । शव जलाउँदाको धुवाँले पूरै पशुपति क्षेत्र डढेलो लागेको वनजस्तै देखिएको छ ।
)
अनलाइखबरको टोली पुग्दा करिब सय जतिको संख्यामा शवहरु जलिरहेका थिए । जलाउनका लागि पालोमा त्यत्तिकै संख्यामा शवहरु राखिएका थिए । शव वहानले विभिन्न अस्पतालबाट आर्यघाटमा शव ओसारिरहेको देखिन्थ्यो ।
पशुपतिका हृदयविदारक दृश्य