महाभूकम्पमा मर्नेको संख्या साँझ ९ बजेसम्ममा १ हजार १ सय ५१ पुगेको छ ।

शनिबार गएको महाभूकम्पमा मर्नेको संख्या साँझ ९ बजेसम्ममा १ हजार १ सय ५१ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा मानवीय क्षति भएको छ । काठमाडौंमा ३१२, भक्तपुरमा १६६, ललितपुरमा १०७, धादिङमा १००, काभ्रेमा ८७ को निधन भएको छ ।
पूर्वाञ्चल २४, मध्यमाञ्चल २७६, पश्चिमाञ्चलमा ५१, मध्यपश्चिममा २, काठमाडौंमा २६८, भक्तपुरमा १४४ र ललितपुरमा ६८ जनाको मृत्यु भएको हो । तथ्यांक अपडेट गर्ने काम भइरहेको गृहले जनाएको छ ।
महाभूकम्पमा काठमाडौं उपत्यकामा मात्रै ५०० बढीको मृत्यु भइसकेको छ । केन्द्रीय दैवी प्रकोम उद्दार समितिका मकवानपुरमा २०, चितवनमा २, धनुषामा १, काठमाडौं १८१, भक्तपुर १५०, सुनसरी ६, सिन्धुपाल्चोक ८०, गोरखा ४७, रामेछाप ९, दोलखा १५, नुवाकोट ३६, काभ्रे ५७ ललितपुर ६६, रसुवा ७०, ओखलढुंगा १०, सोलु २, भोजपुर २ जनाको मृत्यु भएको छ ।

हजारौं घाइतेको राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी प्रमुख प्रतापनारायण प्रसादका अनुसार अस्पतालमा ५० देखि ६५ शव छ । तीनसय बढी घाइतेको उपचार गराइरहेका छन् । अस्पतालको चौरमा राखेर घाइतेको उपचार भइरहेको छ ।
राजधानीको किष्ट अस्पतालमा १७ जनाको शव राखिएको छ । एभरेस्ट अस्पतालमा ८ जना र सिभिल अस्पतालमा ६ जनाको मृत्यु भएको छ । ६२ घाइतेको किष्टमा उपचार भइरहेको छ । राजधानीका बीर, पाटनलगायत सबै अस्पतालमा बिरामीको उपचार भइरहेको छ । घाइतेको पूर्ण विवरण आइसकेको छैन् ।
पुराना बस्ती बसन्तपुर, ठमेल, नरदेवी, झोंछेलगायतका स्थानमा बढी क्षति भएको छ । भूकम्पका कारण ऐतिहासिक धरहरा ढलेको छ । बसन्तपुर र पाटन दरबार स्क्वायर ध्वस्त भएका छन् ।
भयका कारण घरबाट निस्किएका सर्वसाधारण खुला चौर र सडकमा आएर बसिरहेका छन् ।
प्रहरीका अनुसार क्षेत्रपाटी अस्पतालमा ४, शिक्षण अस्पतालमा ९१, बिनायक अस्पतालमा २, जनप्रिय अस्पताल गोंगबुमा १०, सामाखुशी चोकमा १, किसान अस्पतालमा १, घट्टेकुला हिमाल मार्गमा १ शव राखिएको छ ।