News
»
अहिले भर्खरै मात्र पूर्वी नेपालमा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प धक्का महसुस
अहिले भर्खरै मात्र पूर्वी नेपालमा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प धक्का महसुस
पूर्वी नेपालका इलाम, पाँचथर, तेह्रथुम, सुनसरी, मोरङ लगायत जिल्लामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ । नेपालको इलाम र भारतवीचको सीमा क्षेत्रलाई केन्द्रविन्दू भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प ६ बजेर २० मिनेटमा गएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो भूकम्प मझौला खालको हो । भूकम्पपछि अहिलेसम्म त्यहाँ क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।