हलिउड नायिका मिचेल नेपाल आउँदै

michele-yoha
बिहिबारबाट काठमाण्डौमा सुरु हुन लागेको ‘अन्तरराष्ट्रिय अटोमोबाइल महासंघ’ अन्र्तगतको एफआई एसिया क्षेत्रीय खेलकुद कंग्रेसको कार्यक्रममा सहभागी हुन हलिउड नायिका मिचेल योह आज नेपाल आउन लागेकी छिन् ।
एफआइएले संयुक्त राष्ट्रसंघको अन्र्तगत रहेर काम गर्दछ । मिचेल ‘ग्लोबल सुरक्षा सडक’को सद्भावनान दुत हुन् । यसैले पनि उनी नेपाल आउन लागेकी हुन् । २ बजेबाट सुरु हुने उद्घाटन कार्यक्रममा उनी सहभागी हुनेछिन् ।
बिहिबार नेपाल आउन लागेकी मिचेल शनिबार फर्कनेछिन् । एफआइका अध्यक्ष रहेका जिन टोड मिचेलका पति भएकाले पनि उनी नेपाल आउन संभव भएको हो । मलेसियामा जन्मिएकी मिचेलले सन् १९९०  मा हङकङमा ज्याक्की च्यानसँग चलचित्र खेलेर चर्चा बटुलेकी थिइन् ।
उनले हलिउड चलचित्रमा भने सन् १९९७ मा जेम्स बन्डको चलचित्र ‘टुमरो नेभर डाइज’मा अभिनय गरेकी थिइन् । यसपछि उनको चर्चा हलिउडमा पनि बढ्न थालेको थियो । मिचेलले शुक्रबार माउन्टेन फ्लाइट गर्नेछिन् । सन् २००९ मा पिपुल्स म्यागेजिनले सार्वजनिक गरेको ‘स्त्रिmन सुन्दरी’को सूचीमा एसियाबाट मिचेल मात्र परेकी थिइन् ।