योग गुरु रामदेव काठमाडौं आउँदै

Ramdev
१० बैशाख, काठमाडौं । योग गुरु रामदेव बिहीबार काठमाडौं आउँदैछ । उनी अपरान्ह चार बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । काठमाडाैं अवतरणपछि रामदेव मण्डिखाटारस्थित अाश्रममा जाने कार्यक्रम छ ।
शुक्रबारदेखि राजधानीमा सञ्चालन हुने योग शिविरका लागि नेपाल आएका रामदेव शनिबारको बागमती अभियानमा पनि सहभागी बन्ने छन् । यो शिविरको राष्ट्रपति डा. रामवरण यादवले बिहान पौने पाँच बजे उद्घाटन गर्नेछन् ।
पाँच पटक नेपाल आइसकेकका रामदेव धुलिखेल, वीरगञ्ज, जनकपुरलगायतका स्थान जाने कार्यक्रम रहेको छ ।