तौलिहवा । बस र ट्याक्टर ठोक्किँदा २ को मृत्यु, ४ घाइते

२ वैशाख, तौलिहवा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बरकलपुरमा बुधबार बस र ट्याक्टर ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
पश्चिमवाट पूर्व गैरहेको ना ४ ख ४६९६ नम्बरको वस र विपरित दिशाबाट आइरहेको लु २ च ४८६९ को ट्याक्टर बरकलपुर गाविस ४ चम्पापुरमा ठोक्किएका हुन् ।
दुर्घटनामा मृत्यु हुनेहरुमा ट्याक्टरमा सवार बरकलपुर ४ का १८ वर्षीय रियाज मुसलमान र २० वर्षीय मुस्तफा धोवी छन् ।
आकाश थारु, जमिरुल्लाह धोवी र राधेश्याम यादव घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।