कतारमा नेपाली जोडीले गरे ‘आत्महत्या

दोहा । आफ्नो पतिलाई स्वदेशमै छाडेर वैदेशिक रोजगारीका लागि कतार पुगेकी मकवानपुरकी रिना थापामगर परपुरुषसँग प्रेममा परिन् । कतारमै काम गर्ने कास्कीका श्याम थापासँग प्रेममा परेकी रिनाले आफूले गल्ती गरेको टेलिफोन गरेर आफ्नो पतिलाई सुनाइन् । आफूले गल्ती गरेको भन्दै उनी रोइन् । पतिले आफ्नी पत्नीको आँशु सहन सकेनन् र भने तिमीले चिन्ता नलिनु, उसैसँग विबाह गरे पनि मेरो केही आपत्ति वा गुनासो हुने छैन ।

रीना र उनका प्रेमी दुबैले रीनाका पति सञ्जय थापालाई रुदै फोन गरेर आफूहरुले गल्ती गरेको भन्दै आत्महत्या गर्न लागेको बताए । सञ्जयले त्यसो नगर, बिहे गरेर खुशी साथ बस भन्दा पनि उनीहरुले मानेनन् । अन्ततः रीना र उनका प्रेमी श्याम कतारको एक होटलमा मृतअवस्थामा भेटिएका छन् । विवाहिता रिना कतारमा सफाइ मजदुरका रुपमा काम गर्थिन् । कास्कीका श्याम सेक्युरिटी गार्ड गर्थे । दुबैजना कतारको एक होटलमा मृत्त अवस्थामा भेटिएका छन् । उनीहरुको शव कतारकै हमाद अस्पतालमा राखिएको छ । घटना आत्महत्या नै हो होइन भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ । वैदेशिक रोजगारीका लागि कतार गएकी रिना कतारमै सेक्यूरिटी गार्डका कार्यरत श्यामसँग नजिकिएकी थिइन् । उनीहरुको सम्बन्धका बारेमा थाहा पाएका सञ्जयले रिनालाई सम्झाउने कोशिश गरे पनि सकेनन् । आत्महत्या गर्नुअघि रिनाले सञ्जयलाई एसएसएस गरेर माफी मागेकी थिइन् । रिनाका प्रेमी श्यामले पनि सञ्जयसमक्ष फोनमा माफी मागेका थिए ।अनलाईनखबरबाट