बाह्र हजार महिलासँग यौन सम्वन्ध राख्ने जापानी पुरुष पक्राउ


arrest टोकियो । फिलिपिन्समा बसोबास गर्दा पैसा तिरेर १२ हजार महिलासँग यौन सम्वन्ध राख्ने एक विद्यालयका प्रमुखलाई प्रहरीले जापानमा पक्राउ गरेको छ ।
उनले शारीरिक सम्वन्ध राखेका महिलामध्ये एक १३ वर्षीया बालिका पनि भएको आरोपमा प्रहरीले उनलार्इ पक्राउ गरेके बताइएको छ ।
युहेइ ताकासिमाले आफ्नो जीवनको २७ वर्षको अवधिमा शोषण गरेका घटनाका एक लाख ५० हजार फोटो करिब ४०० किताबमा राम्रोसँग सङ्कलन गरेर राखेका छन् । उनले यी कुराको सम्झना कायम राख्न आफूले फोटोको पुस्तक बनाएको बताएका छन् ।
हाल ६४ वर्षका ताकासिमाले सन् १९८८ मा आफूलाई मनिलास्थित एक जापानी विद्यालयमा पठाइएपछि पैसा तिरेर यौन सम्वन्ध राख्न सुरु गरेका थिए ।
यसपछि यी माध्यामिक विद्यालयका प्रमुखले प्रत्येक वर्ष फिलिपिन्समा यस्तो तीनवटा यौनयात्रा गर्ने गर्थे र उनले यस्ता यात्रा ६५ पटक गरेको बताएका छन् । उनले यस अवधिमा १२ हजारभन्दा बढी महिलासँग यौनसम्पर्क गरेको र ती महिलाको उमेर १४ देखि ७० वर्षसम्म थिए ।
प्राप्त समाचारमा उनले प्रत्येक दिन एक भन्दा बढी महिलासँग यौनसम्पर्क गरेको अनुमान गरिएको छ । ताकासिमाले आफूले यौनसम्पर्क गरेका करिब १० प्रतिशत महिला १८ वर्ष भन्दा कम उमेरको भएको जानकारी प्रहरीलाई दिएको बताइएको छ । रासस/एएफपी