दुवईमा ६० जना नेपालीको ज्यान गयो

ओयसनेपालले खबर लेखेको छ । संयुक्त अरब एमिरेट्स यूएईमा २०७१ मा ६० नेपालीले ज्यान गुमाएका छन । आबुधाबीस्थित यूएईका लागि नेपाली दूतावासले दिएको तथ्याङक अनुसार बि।स। २०७१ मा ६० जना नेपाली कामदारको ज्यान गएको हो ।
यो सख्या अघिल्लो बर्षमा भन्दा ३ जनाले थोरै हो । अघिल्लो वर्ष ६३ जना नेपाली कामदारको यूएईमा ज्यान गएको थियो । तथ्याङक अनुसार मृत्युमा सबैभन्दा बढि ‘सडेन कार्डियक एरेस्ट’ ९सुतेको सुत्यै भएर ज्यान गएको०, आत्महत्या तथा सडक दुर्घटनाका कारण छन । यसका साथै कार्यस्थलमा दुर्घटना, मस्तिष्क पक्षघात, र प्राकृतिक मृत्यु पनि यो संख्यामा समेटिएको छ । मृत्यु हुनेहरुको संख्या अघिल्लो बर्ष २०७० मा भन्दा यस बर्ष  ०७१ मा ३ जनाले घटेको छ ।
बिस २०७१ मा ज्यान गुमाउने ६० जनामध्ये ४ महिला र बाँकी ५६ जना पुरुष छन । ज्यान गुमाउनेमध्ये धेरैको सुतेकै अवस्थामा मृत्‍यु भएकाले प्राकृतिक कारण भनिएको छ । १० जना नेपालीले ‘आत्महत्या’ गरेको र १२ जनाको सडक दुर्घटनामा परेर ज्यान गएको हो । स्याङ्जा आरुखर्क ४ का सुरज सेवा दमाइको अज्ञात समुहको लौरो प्रहारबाट र बाँकीको हृदयघात , ब्रेन क्यान्सर तथा अन्य अन्य बिबिध कारणले ज्यान गएको दुतावासले जनाएको छ ।
दूतावासले दिएको तथ्याँक अनुसार ०७१ सालको पहिलो महिना बैशाखमै ४ जनाले ज्यान गुमाएका थिए भने असारमा सबैभन्दा कम १ जना र माघमा सबैभन्दा धेरै ८ जना नेपालीको यूएईमा ज्यान गएको थियो ।
सन २०६० देखि २०७१ सम्ममा युएमा करीब १ हजार बढी नेपालीले ज्यान गुमाइ सकेका छन् । गएको ४ वर्षमा २ सय ५० भन्दा धेरै नेपालीले युएईमा आत्महत्या गरिसकेको दुतावासको तथ्यांकले देखाएको छ । आत्महत्याका घटना वार्षिक बढीरहेकोमा सरोकारवाला संघसस्था चिन्तित छन ।  त्यस्तै सडक दुर्घटनामा परेर यूएईमा ज्यान गुमाउनेको सँख्या पनि बढेको छ । यसरी ज्यान गुमाउनेहरु मध्ये धेरैजना  पहिलो पटक बिदेशिएका नेपालीमध्ये छन ।
औसतमा ज्यान गुमाउने नेपालीको सँख्या घटेको छ । दुतावास एक्लैबाट सबै काम सम्भव नहुने र यसकालागि यहाँ रहेका सबैले सचेत भई जानकारी लिने दिने र खानपीनमा ध्यान दिएर काम गरे मृत्युदरलाई न्युन मात्र होइन शुन्यमा लैजान सम्भव रहेको दुतावासका द्धितिय सचिव कृष्ण अर्यालले बताउनुभयो ।
यूएईमा कतिपय नेपालीहरु विभिन्न अभियोगमा अझैसम्म जेल सजाय भोगिरहेका छन । जेलजीवन बिताई पर्वतका दुर्गाबहादुर सुनार आफ्नो अभियोगबाट मुत्त भई गएको वर्ष नेपाल फर्किए । स्याङ्जाका थम बहादुर कुवर परीबन्धनमा परेर हत्या अभियोगमा अदालती प्रकृयामा मुद्दा लडिरहेको एनआरएन यूएईका अध्यक्ष कृष्ण भुसालले जानकारी दिए ।
यस वर्ष कुनै नेपालीले आममाफी भने पाउन सकेनन । जेलमा परेका मध्ये अमरबहादुर बम, अनिश खालिङ राई अझै जेल मुक्त हुन सकेका छैनन ।