दुई घण्टापछि भूकम्प आउँछ भन्दै वानेश्वरमा माइकिङ

काठमाण्डु, १७ वैशाख दुई घण्टाभित्र ठूलो भूकम्प जान्छ घर बाहिर निस्क भन्दै माइकिङ गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँ वानेश्वरमा हल्ला फैलाउँदै हिड्ने उक्त व्यक्तिलाई प्रहरीले प्रकाउ गरेको हो । ती व्यक्तिले दिउसो ५ बजे दुई घण्टापछि ठूलो भूकम्प आउँछ भन्ने हल्ला फैलाउादे हिडेका थिए । पक्राउपछि उनको मानसिक सन्तुलन बिग्रिएको प्रहरीले जनाएको छ । source=/kathmandutoday