गाउँभरीकै मानिसको ज्यान भूकम्पले लिएपछि लाश उठाउने मानिसको समेत अभाव

सिन्धुपाल्चोक : शनिबार दिउँसो गएको महाभूकम्पले सिन्धुपाल्चोकमा ५ सय जनाले ज्यान गुमाएका छन् ।
गाउँभरीकै मानिसको ज्यान भूकम्पले लिएपछि लाश उठाउने मानिसको समेत अभाव भएको छ। स्थानीय प्रशासनले आइतबारसम्म जिल्लामा ५ सय जनाको ज्यान गएको प्राराम्भीक जानकारी आएको जनाएको छ ।
गाउँभरी लाश परेपछि रुवाबासी र भागाभाग भएको छ । गाउँभरीका सबै घर भत्किएपछि स्थानीयहरु रातभरी खुल्ला चौर र खोलाको किनारमा बस्न बाध्य भएका छन् ।जिल्लाका ६ वटा बढी गाविसमा ९० प्रतिशत बढी घर पूर्णरुपमा ध्वस्त भएका छन् ।

भूकम्पबाट जिल्लाका आधा दर्जन बढी गाविसका अधिकांश घर ध्वस्त भएका हुन् । भूकम्पले जिल्लाका मेलम्ची, दुबाचौर, भोटसिपा, सिपापोखरी र निभटारमा धेरै मानिसको ज्यान गएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।