जाजरकोटमा थप ४ को मृत्यु, मृतकको संख्या १६ पुग्यो
१ वैशाख, जाजरकोट । अज्ञात रोगका कारण गएराति जाजरकोटमा थप चार जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १६ पुगेको छ ।
मंगलबार मात्र थप १८० जना बिरामी उपचारका लागि अस्पताल ल्याइएको छ । बिरामी राख्ने ठाउँ नभएका कारण खुला चौरमा राखेर उपचार गर्न बाध्य भएको स्वास्थ्य चौकी टालेगाउँका प्रमुख प्रेमा लामाले बताए ।
महामारी फैलिएको २ सातापछि गत चैत २९ गते जाजरकोटमा स्वास्थ्यमन्त्री खगराज अधिकारी नेतृत्वमा विशेषज्ञ टोली प्रभावित क्षेत्रमा पुगेको थियो । विरामीहरूको दिसा, पिसाब, रगत, खकार परीक्षणका लागि काठमाडौं ल्याइएको थियो । तर, त्यसको रिपोर्ट आउन ढिलाइ भएको छ ।