जापानमा मनाइयो विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेला

Kanamara-Festival
मेलामा लिङ्गजस्तै देखिने वस्तुहरु बोकेर मानिसहरु सडकमा हिँड्ने गर्छन् । यतिमात्र होइन मेलामा सहभागीहरुले पुरुष लिङ्गको आकारमा बनाइएका ललिपपहरु चुस्दै हिँडेको समेत देख्न पाइन्छ । मेलालाई अविष्मरणीय बनाउनका लागि सहभागिहरुले ठूलो रकमसमेत खर्चने गर्छन् ।
यस वर्ष पनि यो मेला अप्रील ५ मा मनाइएको छ ।
Kanamara-festival (1)
१७ आँै शताब्दीमा धारीलो दाँत गरेको दानव सुन्दर महिलासँग प्रेममा परेको त्यो प्रेम प्राप्तिका लागि आफ्नै दैत्य शक्ति प्रयोग गरेको र स्थानीय लोहारले उक्त दानवको धारीलो दाँत नष्ट गरिदिएपछि ती महिला उक्त दानवको नियन्त्रणबाट फुस्कन सफल भएको दिनलाई सम्झना गरि लिङ्ग मेला मनाउने गरेको विश्वास गरिन्छ ।
जापानका यौनकर्मीहरुले उक्त मेलामा आफुलाई सरुवा रोग नलागोस् भनेर प्राथना गर्ने गर्छन भने आज भोली यो मेलामा सुरक्षीत यौन सम्पर्क र एचआइभिबाट कसरी जोगीने भन्ने बारेमा पनि सचेतना गराइन्छ ।