हवाइ यात्रामा सलमानले प्यासेनजरलाइ कुटेपछि

चैत - २६, मुम्बाई । 

प्लेन यात्राको दोरान प्यासेन्जरसँग बहस र कुटपिटको आरोपमा बलिवुडका सुपरस्टार सलमान खानमाथि प्रहरीमा उजुरी दर्ज गरिएको छ । ‘हिट एण्ड रन’ केसमा अदालतको चक्कर काटिरहेका सलमानमाथि पाँच महिना पूरानो घटनालाई लिएर एफआइआर दर्ज गरिएको हो ।

गत वर्षको नोभेम्बर ४ का दिन मुम्बाईबाट दिल्ली जाने प्लेनमा सवार सलमानको अर्का यात्रुसँग बहस भएको थियो । सलमानमाथि बडिगार्डलाई लगाएर ती व्यक्तिलाई कुटपिट गरेको आरोप छ ।

अहिले पाँच महिनापछि अदालतले प्रहरीलाई यस विषयमा छानविन गर्न निर्देशन दिएको हो । प्रहरीले आइपीसीको धारा १५६ (३) अन्तरगत यस मामिलाको छानविन गरिरहेको छ ।-रातोपाटीबाट