सुनका गहना किन्दा कहिल्यै पनि भुल्न नहुने ५ कुरा यी कुरा भुल्नु भो भने फस्न सकिन्छ

पछिल्लो समयमा सुनको कारोबार बढिरहेको छ । सुनको मूल्य निरन्तर घटेपछि मानिसहरु सुन किन्न लालायित देखिन्छन् । कुनै बेला ६० हजार तोला भन्दा नघट्ने सुन अहिले ५० हजार प्रतितोला भन्दा कम पनि हुने गरेको छ । विवाहको मौषममा त अझै बढी कारोबार हुन्छ सुनको । यहाँ सुन खरिद गर्दा ध्यान दिनु पर्ने ५ कुराको चर्चा गरिएको छ । यी कुरामा ध्यान निदिँदा सुन कारोबारमा घाटा खानु पर्ने अवस्था आउन सक्छ ।

१ मेकिङ चार्ज
सुनको मुल्य जति भएपनि हामीले गहना किन्दा त्यति नै मूल्यमा पाउँदैनौं । किन भने त्यसमा मेकिङ चार्ज जोडिएको हुन्छ । फरक फरक गहनामा यो मेकिङ चार्ज फरक फरक हुन्छ । तपाइँले कुनै पनि गहना खरिद गर्दा मेकिङ चार्जको विषयमा सँधै ध्यान दिनुस् । किन भने मेकिङ चार्जले तपाइँको गहना सस्तो हुने कि महंगो हुने भन्ने कुरा निर्धारण गर्छ । ध्यान दिनु पर्ने कुरा के हो भने तपाइँले सुन बेच्नु परेमा यो मेकिङ चार्ज पाउनु हुन्न केवल सुनको मुल्य मात्र पाउनु हुन्छ । सके सम्म कम भन्दा कम मेकिङ चार्ज भएको गहना खरिद गर्नुस् यसबाट तपाइँलाई घाटा पर्दैन । मेकिङ चार्ज बढी हुने गहनामा सुद्धताको समेत समस्या हुने गरेको छ ।


२ मेकिङ चार्ज ट्याग
बजारको अस्वस्थताका कारण पछिल्लो समयमा कतिपय ज्वेजर्सहरुले मेकिङ चार्जको ट्याग पनि लगाउँछन् । तर सुनको मूल्य तथा मेकिङ चार्जमा घटबढ भइरहन्छ । तसर्थ मेकिङ चार्जको ट्याग भएका गहना बेच्नेहरुले बेच्ने समयको ट्याग लगाइदिने हुँदा अर्डर गर्दा नै मेकिङ चार्जबारे प्रष्ट हुनु राम्रो हुन्छ । यो कुरामा ध्यान नदिने हो भने खरिद गर्ने समयमा अर्डर गरेको भन्दा महंगो पर्ने सम्भावना समेत हुन्छ ।


३ वेष्टेज चार्ज

सुनको मूल्य कम भएको समयमा पुराना गहना बेचेर नयाँ बनाउँ भन्ने सोंच्नु भएको छ भने तपाइँले विचार पुर्‍याउनु पर्छ । किन भने गहना बेच्नेहरुले गहना फिर्ता गर्दा वेष्टेज चार्ज लिन्छन् । सुनका गहनालाई बनाउँदा र प्रयोग गर्दा सुनमा क्षति भएको भन्दै ज्वेजर्सहरुले बेचेको मूल्यमा वेष्टेज चार्ज कटौती गर्छन् । यसो गर्दा कैयौं ग्राहकहरु त ठगिने समेत हुन्छ । गहना फिर्ता गर्नु अघि वेष्टेज चार्ज कति हो भनेर प्रष्ट भएपछि मात्र फिर्ता गर्नुस् अन्यता ठगिने खतरा हुन्छ । अझ कतिपय ज्वेलर्सले त ग्राहकहरुलाई तौलमै ठगी गर्ने गरेको समेत फेला पर्ने गरेको छ ।


४ सुनको सुद्धता

सुनका गहना खरिद गर्दा सबैभन्दा विचार पुर्‍याउनु पर्ने कुरा यसमा हुने सुद्धताको कुरा हो । सुन जति सुद्ध भयो त्यति नै फिर्ता गर्दा पनि उत्तिनै रकममा फिर्ता गर्न सकिन्छ । हरेक विक्रेताले आफ्नो सुन सुद्ध भएको दावी त गर्छन् तर यो दावी सत्य नहुने सम्भावना बढी हुनंछ । सुनमा बीआईएस 916 हलमार्कलाई अन्तराष्ट्रिय सुद्धताको मानक मानिन्छ । यस्तो मार्क भएको सुन ९१ दशमलव ६ प्रतिशत खरो अर्थात २२ क्यारेट सुद्ध भन्ने हुन्छ । नेपालमा अन्य धातु मिसावट भएको भएपनि सुद्ध सुनका गहना भनेर विक्री गर्ने गरेको भेटिएको छ ।


५ हलमार्क चार्ज

तपाइँले गहना खरिद गर्दा गहनाको मूल्य भन्दा अतिरिक्त पैसा समेत तिर्नु पर्छ । यसमा यसको सुद्धता जाँचको लागत समेत समावेस गरिएको हुन्छ । तर फरक फरक ज्वेलर्सले हलमार्को चार्ज भन्दै फरक फरक पैसा लिन्छन् । त्यसैले यो चार्ज तिर्नु पर्दा सँधै चनाखो हुनुस् । सबैतिर बुझेर मात्र हलमार्कको चार्ज तिर्नुस् ।