दुई क्विन्टलकी युवतीको भुँडी हल्लाउने जागिर

moti (5)उनको उमेर जम्मा २२ वर्षको छ । तर, उनको तौल भने १ सय ९० किलोभन्दा बढि छ । काइटलिन फिनले नामकी ती युवतीको तौल अनुसारकै छ भोजन । उनल दिनका १० हजार क्यालोरी बराबरको खाना खान्छिन् । उनको यो भिमकाय जिउ र हात्ती भोजन साँच्चीकै कमाइखाने भाँडो बनेको छ ।
केटाहरुलाई वेबक्याममा आफ्नो जिउका अंगहरु देखाएर तथा विभिन्न खानेकुरा खाएको देखाएर उनले पैसा कमाउने गरेकी छिन् र छोरीको यस्तो पेशामा उनकी ५० वर्षीया आमा डोरोथीले सहयोग गरिरहेकी छिन् । उनको कमाइ हप्ताको १ सय ३० पाउण्ड जति हुन्छ । जसले उनलाई मनग्गे खान पुगेको छ ।
तौल अस्वभाविक तथा खतरापूर्ण अवस्थामा छ । तर, आफ्नो रक्तचाप खेलाडिको जस्तै ठीक रहेको उनी बताउँछिन् । यद्यपि हिँडडुल गर्दा तथा सिँढी उक्लिँदा भने स्वाँ स्वाँ बढ्ने गरेको भन्दै उनले आफ्नो स्वास्थ्य निकै खस्किएमा तौल घटाउने बारेमा सोँच्ने बताउँछिन् ।