पूर्वरानी कोमल शाहको मुटुमा समस्या देखियो

फाइल तस्वीर
फाइल तस्वीर
वैशाख, काठमाडौं । स्वास्थ्योपचारका लागि परिवारसहित दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार एक्लै काठमाडौं फर्कंने भएका छन् । पूर्वरानी कोमल शाहको मुटुमा समस्या देखिएकाले उनी थप उपचारका लागि दिल्लीमै रहने भएकी छन् ।
पूर्वराजाको स्वास्थ्य सन्तोषजनक देखिए पनि पूर्वरानीलाई थप उपचार गर्नेपर्ने डाक्टरले सल्लाह दिएको पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले दिल्लीबाट अनलाइनखबरलाई बताए ।
शाहपरिवारको स्वास्थ्य परीक्षण दिल्लीस्थित फर्टिज स्कर्ट हार्ट इन्स्टिच्युटमा गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा पूर्वरानी कोमलको मुटुमा समस्या देखिएको डाक्टरलाई उधृत गर्दै पाठकले बताए ।
पूर्वरानीले उपचारका लागि केही दिन दिल्लीमै बस्नुपर्ने भएपछि पूर्वराजा शुक्रबार दिउँसो ३ बजे काठमाडौं आइपुग्ने बताइएको छ ।