
बिपत्तीका बेला चारैतिरबाट सहयोग ओइरिन्छ । भूकम्पको क्षती, विनासपछि नेपालमा
बिदेशी सहयोग ओइरिएको छ । नेपालीहरुलेपनि उठाइरहेका छन् । नेपालीको सहयोग नगण्य
होला, भौतिक निर्माण र ठुलो परिवर्तनकालागि । तर बिदेशीहरुले करोडौ करोड, अरबौं
दिएका छन् । बल्ल शुरुवात भएको छ रपनि निकै गैसकेको छ । तर सुनिन्छ, पढिन्छ कि
कथामाडौंमा सरकारको उद्दार डेक्सपनि छैन पिडितकालागि । दूर्गम क्षेत्रतिर त साधनले
गर्दापनि भ्याएका छैनन् होला । अब पूनर्निर्माणका नाममा अरबौं आउने छ । त्यो रकमा
कहाँ जान्छ ? कसरी खर्च हुन्छ ? केमा हुन्छ खर्चखर्छ ? अहिले आएको रकमा कहाँ, केमा
खर्च भैरहेको छ ? बिदेशी सहयोग सहि सदुपयोग हुने हो भने नेपालको भौतिक संरचना
राम्रो बनाउन सकिन्छ । तर बिदेशी सहयोग कहाँ जान्छ ? कसले खान्छ ? त्यतापनि ध्यान
दिने हो की ?