१३ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ, बैशाख ३– तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा लाजिम्पाटका नीलकण्ठ महर्जन पक्राउ परेका छन् । किशोरीको सहमतिमा आफूहरुबीच शारीरिक सम्बन्ध भएको बयान अभियुक्त महर्जनले दिएको हनुमानढोकास्थित महानगरीय प्रहरी परिसर प्रवक्ता विश्वराज पोखरेलले बताए । सोह्र वर्षभन्दामुनिकालाई सहमतिमा करणी गरे पनि बलात्कार मानिने भएकाले अभियुक्त महर्जनविरुद्ध जबरजस्ती करणीको कसुरमा पक्राउ गरिएको उनले जानकारी दिए । गत चैत २१ गतेदेखि उनीहरुबीच शारीरिक सम्बन्ध कायम रहेको किशोरीका बाबुले थाहा पाएपछि उनले प्रहरीमा उजुरी गरेका थिए ।