भूकम्पमा परेको ८४ घन्टापछि ऋषीले पाए पुनर्जन्म (फोटो फिचरसहित)
१५ वैशाख, काठमाडौं । भूकम्पले भत्किएको सात तले गेष्ट हाउस । पहिलो र दोस्रो तला भत्किएका थियो तर, माथिल्लो चार तला कायमै थियो ।
त्यही भत्किएको तलामा झण्डै ८४ घन्टासम्म रहेका ऋषी खनालको जिवितै उद्दार गरिएको छ । सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्दार टोलीको १० घन्टा लामो प्रयासपछि मंगलबार राति १२ बजे २८ वर्षका खनालको उद्दार गरिएको हो ।
उद्दार गरेर बाहिर र्याउने क्रममा उनले ब्याक पेन, ब्याक पेन मात्र भन्न सके । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।
यसरी भेटिए खनाल
फूलबारी गेष्ट हाउसमा मानिस पुगिएको छ भन्ने खबर आएपछि सोमबार नै चिनियाँ टोली कुकुर समेत लिएर गौंगबु बसपार्क पुगेको थियो ।
उक्त क्षेत्रमा अर्को गेष्ट हाउस पनि त्यसरी नै भत्किाएको थियो । त्यहाँ पनि केही मानिस परेका छन् । तर, जिवित नभएको भन्दै टोली फर्कियो ।
मंगलबार सशस्त्र प्रहरीसँगै उद्दारका लागि नेपाल आएको फ्रेन्च टोली पुग्यो । उनीहरुसँग भग्नावशेषमा जिवित मानिस भए नभएको पत्ता लगाउने डिटेक्टर रहेछ । जसले फुलबारी गेष्ट हाउसमा जिवित मानिस हुन सक्ने बताएपछि आजाव दिन भनियो । तर, सकै रेस्पोन्स भएन ।
लगतै सशस्त्र प्रहरीका इनिस्पेक्टरभित्र पसेर कोही छ भने बोल्नुस् भने । तर, अवाज आएन । उनले कोही हुनुहुन्छ भने ढकढक्याउनुस् भने । लगतै केसैले आवाज दिएको सुनियो ।
त्यसपछि सुरु भने खनालले पुनर्जन्मको प्रक्रिया । फ्रान्सेली टोलीको सल्लाह अनुसार सशस्त्र प्रहरीको टोलीले ढलान काट्न सुरु गर्यो । त्यहाँबाट भित्र रहेका खनालसँगै अन्य दुई जना थाहा भयो ।
खनाल बाल्न सक्ने थिए । उनले आफूलाई बचाउन आग्रह गरे । नजिकैको अर्को गेष्ट हाउसमा थिचिएको मानिसको शवको गन्ध आउन थालिसकेको थियो । तर, सशस्त्र प्रहरीसँगैको अर्को गेष्ट हाउसमा भएको व्यक्तिलाई जिवितै उद्दार गर्न प्रयासरत थियो ।
सशस्त्र प्रहरीका महानिरीक्षक कोशराज वन्त आफैं उद्दार स्थलमा पुगेका थिए । उनले जिवित उद्दार पहिलो प्राथमिकता भएको बताए ।
निकै लामो समय लगाए ढकाल काटेपछि खनाललाई निकाल्न सकिन्छ भन्ने उद्दार टोलीको अनुमान थियो । तर, खनालको खुट्टा केहीले थेचेको रहेछ ।
तत्काल डाक्टरसहितको टीम पुग्यो । उनीहरुले खनाललाई भित्रै अक्सिजन दिए । उनीसँगै भएका व्यक्तिको टाउकोमा चोट लागेको थियो, रगत बगेको थियो । जसका कारण उनको मृत्यु भइसकेको रहेछ, डाक्टरसशितको टीमले हेरेपछि थाहा भयो ।
उद्दारकर्ताहरुले जग हालेर ढलानलाई केही उचाले र थप ढलान काटे र राति साढे १० बजे ढकाललाई जिवितै उद्दार गरिएको छ । उनलाई उद्दार गरेपछि एपीएफ र फ्रान्च टोलीले खुसी साटा साट गरेको छ ।