भावी मनसुन हिमतालसमेत फुट्ने खतरा वर्षातको समयमा थप जोखिम आउनसक्ने: मौसमविद्

भक्तपुर, जेष्ठ १२ । मौसमविद्हरुले आगामी मनसुन सुखद नहुने भन्दै सतर्कता अपनाउनुपर्ने बताएका छन ।

एक सातापछि मुलुकमा हप्ता मनुसुन सुरु हुने र शक्तिशाली भूकम्पले खल्बल्याएका पहाडी भू–भागमा पहिरो जाने खतरा बढेको भन्दै उनीहरुले सजक रहनुपर्नेमा जोड दिएका हुन् ।

मंगलबार भक्तपुरमा गरिएको कार्यक्रममा मौसम तथा जल विज्ञान विभागकामहानिर्देशक ऋषिराम शर्माले भूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनमुनिको पानी सहतमा देखापरेकले वर्षातको समयमा थप जोखिम आउनसक्ने बताए ।

हिमतालहरु समेत फुट्न सक्ने खतरा रहेको भन्दै उनले सरकारले अहिलेदेखि नै सतर्कता अपनाउनुपर्ने बताए ।

जोखिम न्यूनीकरण गर्न विभाग एक्लैले मात्र केही गर्न नसक्ने र पूर्वतयारीका लागि सरकारले अहिलेदेखि नै सजक रहनुपर्ने उनको भनाइ थियो ।

यस्तै, अर्का मौसमविद् डा. मदन सिग्देलले प्रतिकूल मौसममले कृषि क्षेत्रमा असर पार्ने हुँदा सरकारले त्यसतर्पm पनि बेलैमा ध्यान दिनुपर्ने आग्रह गरे । - See more at: http://imagekhabar.com/samachar/detail/48234/29/.shtml#sthash.CqfZH05o.dbcQyh7n.dpuf