भूकम्पपछिका ३२ दिनका ३२ भूकम्पले ध्वस्त बनाएका तस्विरहरु हेर्नुहोस (फोटो फिचर)
काठमाडौ, जेष्ठ १२ - वैशाख १२ गते महाभूकम्प आएको आज जेठ १२ मा ३२ दिन भएको छ । यी ३२ दिन नेपालले भोगेका कष्टकर र त्रासद् दिनहरुमा गणना हुनेछन् । केही ठूला धक्का र धेरै पराकम्पहरुले ५ लाखभन्दा बढी घर भत्काए भने ८ हजार ५ सय भन्दा बढी मानिसको मृत्यु भयो । हज्जारौं घाइते भए । घरबारबिहीन हुनेको संख्या यो भन्दा ठूलो छ ।
यी ३२ दिन केवल पीडाका दिनमात्र भने रहेनन् । यिनै दिनमा नेपाली समाजको एकता, सहयोग र भातृत्वको पनि प्रदर्शन भयो । पहाडमा चिरिएका मनहरुलाई मल्हम बोकेर तराईंका मानिसहरु उकालो लागेको समाचार आए । भूकम्पले ध्वस्त बनाएका तस्विरहरुका साथै राहत वितरण र विस्तारै ठडिन थालेका घर टहराका तस्विर पनि आए । घर छोडेर खुला आकाशमा बास गर्नेका मात्र तस्विर आएनन्, त्रिपाल र टिनका पाता बोकेर घर फर्किइरहेका गृहणीहरुका तस्विर पनि आए ।
ध्वंशसँगै पुनर्निमाणका यी तस्विरहरुले डरबाट विस्तारै आशाको संकेत गर्छन् ।
तस्विरहरु : नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, सालिग्राम तिवारी, लक्ष्मीप्रसाद ङाखुसी, प्रकाश तिमिल्सेना, कौशल अधिकारी, निमेषजंग राई, सन्जोग मानन्धर, हेमन्त श्रेष्ठ
