फेरि किन गयो ठूलो भूकम्‍प ?

फोटो :म‌ंगलबार फेरि आएको अर्को भूकम्‍पले ढलेको काठमाडौंको भवन। तस्बिर: अन्‍नपूर्ण
काठमाडौं: भूगर्भशास्त्रीहरुका अनुसार गोरखाको बारपाक केन्द्र विन्दुभएर दुई साताअघि गएको भूकपपछि पृथ्वीमा एकसय तीस किलोमिटर लामो र तीस किलोमिटर चौडाइसम्म चिरा (ग्राउन्ड रप्चर) परेको छ।
 
त्यो चिरा पृथ्वी भित्रै छ बाहिर देखिएको छैन । यस्तै ठूला भूकम्प आए जमिन मुनी चिरिएको भाग विस्तारै पृथ्वीमा देखा पर्छ । चिरिएको भाग पृथ्वीको सतहमा देखिन बांकी नै छ। 
 
त्रिचन्द्र क्याम्पसका सह प्राध्यापकसमेत रहेका भूगर्वविद् डा. तारानिधी भट्टराईका अनुसार, केही सेकेण्ड पृथ्वी हल्लिदा उचाइ बढ्ने तथा दाया वायाँ सरेको छ । यसको अर्थ पृथ्वी मुनी भएका चट्टान लामो र ठूलो चिरा परेको छ। 
 
यसले गर्दा पृथ्वीको प्राकृतिक सन्तुलन खलबलिएको छ। बुधबार दिउसोका जस्ता भूकम्पका पराकम्पनले प्राकृतिक सन्तुलन मिलाउन सहयोग गर्छ। 
 
सन्तुलन स्थिर हुनका लागिसमेत चिरा परेका चट्टान यता उता चिप्लिन्छन र पराकम्पन आउछ। धेरै पराकम्पन साना हुन्छन्। केही ठूला पनि हुन्छन्, भट्टराईले भने, बुधबारको पराकम्पन यस्तै शक्तिशाली हो। भूकम्प शक्ति केन्द्रविन्दुबाट हजार किलोमिटर भन्दा टाढासम्म पुग्छ। 
 
पराकम्पनले चिरालाई सतहमा ल्याउन सहयोग पुर्याउछ। यस्ता कम्पनले यसअघि नै चिरा पारेका घरलाई भने बढी हानी गर्छ। चिरा जमिनमा देखियो भने बाढी पहिरोको खतरा बढी हुन्छ। 
 
यसअघि नै बिज्ञहरुले भन्दै आएको बाढी र पहिरोको जोखिम पराकम्पनले बढाएको छ। चिरा परेको ठाउँमा पानी पस्छ र ठूला पहिरो जान्छ। जमिन हल्लाएर चिरा पारको छ । 
 
पराकम्पन कति समय आउछ भन्नेबारे विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । विश्वका गएका भूकम्पका कतिपय पराकम्पन चार वर्ष तथा कतिपय एक महिनामै सकिएका उदाहरण छन्। 
 
अध्ययन अनुसार, सन् १९५० मा भारत र चिनको सिमानामा गएको ८.७ रिक्टरको भूकम्पको पाराकम्पन चार वर्षसम्म गएको थियो । जति शक्तिशाली भूकम्प हुन्छ त्यती नै लामो र ठूलो भूकम्प आउछ, भट्टराईले भने । विश्वका आठ रिक्टर भूकम्पको पराकम्पन आठकै आएका उदाहरण पनि छन्। 
 
विज्ञहरुले गोरखा र सिन्धुपाल्चोक आसपासमा धेरै शक्तिशाली पराकम्पन गएकाले अब यी ठाउँ वरिपरी ठूला भूकम्पको संभावना कम हुदै गएको छ । तर भूकम्प नै आउदैन भन्ने अवस्था भने छैन, भूकम्पविद् डा. सोमनाथ सापकोटाले भने। 
 
अझै पनि ठला पराकम्पन आउने वा नआउने संभावना बराबरी भएको डा. भट्टराईले बताए। उनले भने, ठूला पराकम्पन आउने र नआउने संभावना बराबर छ।
 
नेपालमा भूकम्प जानु नौलो होइन। यो धेरैअघि नै पक्का भएको विषय हो । साना भूकम्प अनगन्ती गएपनि ठूला भूकम्प भने धेरै समयको फरकमा मात्रै गएका छन् ।
 
 भूगर्भविद् डा. तारानिधी भट्टराइका अनुसार,  पृथ्वीको भौगर्भिक स्थिती परिवर्तन नभएका कारण भविश्यमा पनि यस्ता भूकम्पका धेरै संभावना छन् । त्यसैले सुरछामा ध्यान दिनु नै सबैभन्दा बुद्धिमानी हो। 
 
दुई सातामा आएका भूकम्पले पोखराभन्दा पश्चिमतर्फ कुनै असर गर्नु भूगर्भविद्का लागि जिज्ञाशाको विषय बनेको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीका अनुसार, सामान्यतया भूकम्पको केन्द्र विन्दुदेखि वरिपरी बराबरी ठाउँमा असर देखिनुपर्ने हो। 
 
तर यसपटकका सबै भूकम्पको कम्पन पूर्वतिरमात्रै केन्द्रित भएको छ। गोखराभन्दा पश्चिमतर्फ केले पुरै छेकेको जस्तो भएको छ। यो अनौठो छ । पश्चिमतीर किन हल्लिएन भन्ने गम्भिर विषय हो। 
 
यसको जवाफ खोज्नुपर्छ। किन यस्तो भयो उत्तर छैन अहिलेसम्म, डा. भट्टराईले भने, पोखराभन्दा पशिच्मको भाग हल्लिएन यो भूकम्पीय जोखिममा छ।
 
हिमालय पर्वत श्रृखंला २४ सय किलोमिटर लामो छ। आठसय किलोमिटर लामो नेपालमा पर्छ। तिब्तीयन र इण्डियन प्लेट जुध्ने ठाउँं पनि यही २४ सय किलोमिटरकै ठाउँ हो। 
 
त्यसैले भविश्यका ठूला भूकम्पका धेरै संभावना छन् तर कहिले आउछ भन्न सकिदैन। विज्ञहरुका अनुसार, हरेक सय वर्षको आसपासमा नेपालमा ठूलो भूकम्प गएको देखिन्छ। जहाँ गएपनि सय सय वर्षमा ठूलो -आठ रिक्टर भन्दा ठूलो) भूकम्प जानुपर्छ । 
 
नत्र त्यो भन्दा ठूलो आउने झनै ठूलो संभावना हुन्छ , भट्टराईले भने। विज्ञहरुका अनुसार, पूर्वी भेगमा शक्ति कमजोर हुदै गएको छ तर पश्चिममा भने खतरा कायमै छ ठूला शक्ति गएको पूर्वतीर विस्तारै शक्ति घट्दे गएको हो। 
 
तर भूकम्पको संभावना हुदै नभएको भने होइन। सन् १८३३ मा गोरखाको आसपासमा आठ रिक्टरभन्दा ठूलो भूकम्प गएको थियो। त्यसपछि सन् २०१५ मा पनि सोही ठाउँ आसपासमा ७.८ रिक्टरको भूकम्प गयो। 
 
विज्ञहरुले एकसय वर्षको फरकमा जाने भूकम्पको केन्द्रविन्दु नजिक हुने बताउछन्। उनीहरका अनुसार, केन्द्रविन्दु फरक फरक भएर लामो समयको फरकमा जाने ठूला भूकम्पको कुनै सम्बन्ध हुदैन। 
 
नेपालको पश्चिमी भेगमा भने भूकम्प नगएको पाँचसय वर्ष भइसकेको छ। त्यसले यता ठूलो भूकम्पको खतरा छ भन्न सकिन्छ।, डा. भट्टराईले भने।