नेपालमा उद्धार तीव्र पार्न भारतीय प्रधानमन्त्री मोदीको विशेष निर्देशन
फोटो :फाइल फोटो
काठमाडौं: नेपालमा मंगलबार दोस्रो ठूलो भूकम्प गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धार तीव्र पार्न विशेष निर्देशन दिएका छन्।
मोदीले भारतीय सरकारी निकायलाई नेपाल र भातरको विहारलगायत विभिन्न स्थानमा भूकम्पपछिको उद्धार तथा राहत वितरण गर्न निर्देशन दिएका छन् ।
नेपालमा मंगलबार गएको दोस्रो ठूलो भूकम्पपछि छिमेकी मुलुक चीन र भारतबाट थप त्रिपाल तथा राहत सामग्री आउन थालेका छन् ।परराष्ट्रका निमित्त सचिव शंकर बैरागीका अनुसार भूकम्प पीडितका लागि चीनको कुन्मिङबाट १० हजार थान त्रिपाल काठमाडौं आउने क्रममा छन् भने भारत सरकारले पठाएको ७० हजार थान त्रिपाल कोलकात्ता हुँदै मंगलबार रक्सौल आइपुगेको छ
