भूकम्पपछि काठमाडौंको भुभाग एक मिटर माथि उठेको वैज्ञानीकहरुको दावी
काठमाडौं, वैशाख १९ (एजेन्सी) – यूरोपको सेन्टनल १ ए भूउपग्रहको ताजा तथ्याङ्क अनुसार वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण काठमाडौं आसपासको ठूलो भूभाग एक मिटर माथिसम्म उठेको छ । उक्त सेटेलाईटबाट भूकम्प जानुभन्दा पहिले र पछि लिएको तस्विरलाई तुलाना गरेर हेर्दा उक्त जमिन एक मिटर माथि उठेको पाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
वैज्ञानिकहरुले सेटेलाईटबाट प्राप्त जानकारीहरु इंटरफेरोग्रामको माध्ययमबाट प्रस्तुत गरेका छन् । इन्टरफेरोग्राम एउटा रंगीन तर अफ्टेरो प्रविधिवाला नक्शा हो । जसको माध्यमबाट पृथ्वीको भित्र रहेको फल्टलाईनकोबाट जमीनको स्थानपरिवर्तको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।
बेलायतको नेर्क सेन्टरफर दि अब्जर्वेशन एण्ड मोडलिंग अफ अर्थक्वेक, वल्कनोज एण्ड टेक्टोनिक्स का प्रोफेशर टिम राइटका अनुसार काठमाडौको उत्तर पश्चिममा १ सय २० किलोमिटर लम्बाई र ५० किलोमिटर चौडाईं भूभाग एक मिटरसम्म जमिन माथि उठेको छ । वैज्ञानिकहरुका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईं पनि एक इन्चले घटेको छ । भूकम्कको धक्का पश्चात यस्तो हुनु सामान्य रहेको वैज्ञानिकहरुले बताएका छन् ।
काठमाडौको जमिनका बारेमा तयार पारिएको इन्टफेरोग्राम रिपोर्ट युरोपियन अंतरिक्ष एजेन्सी को विशेष अध्ययन आइएनएसएआरपी को मातहतमा गरिएको हो । यस अध्ययनलाई नर्वे, नेदरल्याण्ड, बेलायत र पोल्याण्डका सस्थाहरुको मिलेर संयुक्त रुपमा गरेका थिए । सेन्टिनल १ ए यूरोपीय संघद्वारा जमीनको निरीक्षण गर्नका लागि अन्तरिक्षमा पठाइएको पहिलो भूउपग्रह हो ।