भूइँचालो आएपछि काठमाडौंमा तरकारीको भाऊ घट्यो, पूर्ण विवरण हेर्नुहोस्
काठमाडौं, १८ वैशाख - कीर्तिपुरबाट तरकारी किन्न कालिमाटी बजारमा आएकी सीता भुसाल तरकारीको भाउ सुनेर छक्क परिन् । घरबाट निस्कँदा सोचेकोभन्दा धेरै सस्तो भाउमा ताजा तरकारी पाएपछि उनी छक्क परेकी हुन्।
‘भूकम्प आएपछि अहिले तरकारीको भाउ सस्तो पाएँ’ भुसालले अनलाइनखबरसँग भनिन्- ‘विपतका बेलामा तरकारी पाउनु नै ठूलो कुरा हो, ताजा तरकारी सस्तैमा पाइयो ।’ कलंकीबाट तरकारी किन्न आएकी रमा जोशीले बजारमा तरकारी ताजा पाइएको बताइन् । ‘सबैले तरकारीको हाहाकार हुन्छ भन्थे, तर सबै तरकारी ताजा पाइएको छ’ उनको भनाइ थियो । अघिल्ला दिनको तुलनामा शुक्रबार तरकारीको भाउ निकै सस्तिएको उनले बताइन्।
‘बजारमा तरकारीको अभाव हुन्छ कि भनेर उपभोक्ता डराउने भन्दा पनि तरकारी बिक्दैन कि भनेर व्यवसायी डराउनुपर्ने बेला आएको छ’ व्यवसायी विजय कुमारले भने- ‘भूकम्पको सुरुवाती दिनमा भन्दा अहिले तरकारीको भाउ धेरै घटेको छ।’
बजारमा मागभन्दा आपूर्ति बढेपछि तरकारीको भाउ हृवात्तै घटेको हो । भूकम्प आएको सुरुका ३/४ दिन तरकारी अत्यन्तै महंगो भए पनि बिहीबारदेखि भाउ घट्न थालेको व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार भूकम्प आउनु अगाडिभन्दा अहिले तरकारीको भाउ ३० देखि ४० प्रतिशतसम्म भाउ घटेको छ।
भूकम्पको त्रासबाट ठूलो संख्यामा मानिसहरु राजधानी छाडेर घर गएपछि तरकारीको भाउ घटेको हो । ‘बजारमा तरकारी धेरै आएको छ, किन्ने मानिसहरु घरतिर लागे’ कालिमाटी बजारकी खुद्रा व्यापारी वृन्दा कटुवालले भनिन्- ‘किन्ने मानिस नभएपछि तरकारी कुहिने डर छ।’
अहिले तरकारीको व्यापार ५० देखि ६० प्रतिशत घटेको व्यवसायी बताउँछन् । बजारमा पर्याप्त मात्रामा ताजा तरकारी आएको हुँदा अभाव हुने कुनै संकेत देखिँदैन । बजारमा ताजा तरकारी रोजी-रोजी खरिद गर्न सकिन्छ।
भूकम्प आएको ३/४ दिनसम्म भने तरकारी निकै महंगिएको थियो । त्यतिबेला आपूर्ति कम भएको र खाने मानिसको संख्या धेरै भएको हुँदा तरकारीको भाउ चर्किएको थियो । शुक्रबार कालिमाटी तरकारी बजारमा पुग्दा तरकारी किन्ने उपभोक्ता भन्दा व्यवसायीको संख्या बढी देखिन्थ्यो।
मंगलबार र बुधबार किलोको ८० रुपैयाँमा बिक्री भएको ब्रोकाउली शुक्रबार ४० रुपैयाँमा बिक्री भएको छ। भूकम्प अगाडि करेलाको भाउ १२० रुपैयाँसम्म थियो, शुक्रबार ४५ रुपैयाँ घटेको छ।
बोडी, घिरौंला, काँक्रो, बन्दा, मसरुमलगायतका तरकारीको मूल्य आधा सस्तो भएको छ । भूकम्प आउनु अगाडि किलोको १६० रुपैयाँमा बिक्री हुने मसरुम ८० रुपैयाँसम्म बिक्री भएको अनलाईन खबरले जनाएको छ।