भूइँचालो आउँदा धुञ्चेमा यसरी पहिरो गयो (भिडियोसहित)
२९ वैशाख, काठमाडौं । पहाडमा भूकम्प आउँदा त्यसको कम्पनभन्दा बढी पहिरोको डर बढेको छ ।
रामेछापबाट स्थानीयवासीले दिएको जानकारीअनुसार भूकम्पसँगै पहाडबाट पहिरो झरिरहेको दृश्य देखिएको थियो । दोलखामा भूकम्पसँगै पहिरोले कुहिरीमण्डल धुलो उडेको छ ।
स्याङजामा भूकम्पसँगै बाटोको ढुंगो खस्दा गुडिरहेको ट्याक्सी किचिएर आगलागी भएको छ ।
रसुवाको धुञ्चेमा मंगलबार भूकम्पसँगै गएको पहिरोको दृश्य इन्टरनेशनल फेडेरेशन अफ रेडक्रसले सार्वजनिक गरेको छ ।
हेर्नोस् भिडियो
हेर्नोस् भिडियो
