• मुख्य पृष्ठ
  • समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • बिजनेस
  • अन्तराष्ट्रिय समाचार
  • फिल्मी खबर
  • यौन तथा स्वास्थ्य
  • राशिफल
  • रोचक संसर
  • भिडियो ग्यालरी
  • खेलकुद
Entertainment » परपुरुषसगँ लागेको भन्दै महिलालाई कालोमोसो दलेर सडकमा घुमाइयो
परपुरुषसगँ लागेको भन्दै महिलालाई कालोमोसो दलेर सडकमा घुमाइयो

  दाङ : देउखुरी उपत्यकाको सतवरिया २ वनघुस्रीकी एक महिलालाई गाउँकै महिलाहरु ले कानुन हातमा लिएर कालोमोसो दली सामाजिक बहिष्कार गरेका छन्।
एउटी महिलालाई कालोमोसो दली सामाजिक बहिष्कार गर्ने काममा संलग्न ६ जना महिलालाई प्रहरीले पहिचान गर्नुका साथै चारजनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
महिलालाई कालोमोसो दली सामाजिक बहिष्कार गर्ने काममा संलग्न सतवरिया २ वनघुस्रीकी सीतारामी चौधरी, पानमति चौधरी, हिरामती चौधरी र जानकी चौधरीलाई प्ररीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मणबहादुर शाहीले बताए। उक्त काममा संलग्न मुख्य ६ जनामध्ये २ जना महिला फरार रहेका छन् ।
बाँकी २ जना महिलालाई पनि नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी भइरहेको प्रमुख शाहीले जानकारी दिए।
उक्त गाउँकी ती महिलालाई सोमवार दिउँसो महिलाहरुकै हुलले कपाल मुण्डन गर्नुका साथै कालोमोसो दली हातमा जुत्ताको माला लगाएर लखेटेको थियो।
ती महिला भित्री वस्त्रमा मात्रै लेखेटिँदासमेत वनघुस्री गाउँ पूरै मुकदर्शक बनेको थियो। महिला हिंसा न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट व्यापक प्रयास भइरहँदा पनि सोमवार चौधरी थरकी ती महिलामाथि यस्तो अमानवीय व्यवहार गरिएको थियो ।
गाउँको निर्णय भन्दै चौधरी परिवारकी ती महिलालाई कानुन हातमा लिएर सामाजिक बहिष्कार गर्दा पनि त्यहाँ पुगेको प्रहरीले केही गर्न सकेको थिएन। गाउँका अगुवाहरुले पनि महिलामाथि भइरहेको अमानवीय दृश्य मुकदर्शक बनेर हेरिरहे तर त्यो कार्यलाई रोकेनन् ।
महिलालाई कालो मोसो दलेर गाउँ घुमाइएको केही समयपछि प्रहरी घटनास्थलमा त पुग्यो तर कालो मोसो दलेर सामाजिक बहिस्कार गरेको मुद्दालाई गाउँमै मिलाउछौं भनेपछि त्यहाँबाट प्रहरी फर्केको थियो। प्रहरी त पुग्यो तर कसलाई पक्राउ गरेर ल्याउनु ? गाउँका सबै महिला जम्मा भएका रहेछन्।
उनीहरुले समस्या गाउँमै समाधान गर्छौं भनेपछि टोली फर्किएको हो वडा प्रहरी कार्यालय लमहीका प्रमुख शाहीले भने। उनका अनुसार घटना अलि गम्भीर प्रकृतिको लागेपछि पुन: प्रहरीको टोली घटनास्थलमा पुगेर घटनामा संलग्न मुख्य ४ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
YoSansaar's photo.
छिमेकी पुरुषसँग अनैतिक सम्वन्ध रहेको आरोप गाउँलेहरुले ती महिलामाथि पटकपटक लगाएका थिए। गाउँमा धेरैपटक छलफल भएर समाधान नभएपछिउक्त विवाद वडा प्रहरी कार्यालय लमहीसम्म पुगेको थियो। प्रहरीले आइन्दा यस्ता क्रियाकलाप नगर्नेशर्तमा सम्झाई बुझाई पठाएको थियो।
प्रहरीले सम्झाई बुझाई पठाए पनि समस्या पुन: दोहरिएको गाउँलेहरुको आरोप छ। महिलासँगअनैतिक सम्बन्ध रहेको भनिएका व्यक्तिले पनि सामाजिक हिंसा सहन नसकेर आत्महत्या गरिसकेको बताइएको छ ।
गाउँलेहरुले आत्महत्या गर्नुको कारण पनिउनै महिला भएको आरोप लगाउँदै २५ हजार जरिवाना तिराउने निर्णय गरेका थिए। पछि जरिवाना थप गरी ५० हजार रु पैयाँ असुल गर्ने निर्णय गाउँलेले गरेको अगुवा शालिकराम चौधरीले बताए।
त्यही पैसा तिर्न नसकेपछि महिलाहरुले यस्तो व्यवहार गरेको हुनसक्ने चौधरीको भनाइ छ। चौधरीले थपे, कानुनमा के छ ?हामीलाई केही थाहा छैन् तर गाउँको विरुद्ध जानेलाई हामीले कारवाही गर्दै आएका छौं ।
पीडित महिलाले आफूमाथि हिंसा भएको बताएकी छन्। महिलाले आफ्नो शरीर देखाउँदै भनिन्, हेर्नुस्, ममाथि यस्तो हिंसा र ज्यादति भयो।
उनले भनिन्, 'यी गाउँले महिलाहरु सबै झुटो कुरा गरिरहेका छन्। ममाथि लगाइएका आरोप झुठा हुन्। आर्थिक विपन्नताका कारण उनका श्रीमान् मजदुरी गर्छन् ।



Labels: Entertainment
Newer Post Older Post Home
नौलो खबर
Recent Updates
Popular Posts
  • एस.एस.पी. रमेश खरेललाई साथ दिनु हुन्छ भने सक्दो सेयर गर्नु होला साथीहरु
  • नेपाली कामदार अब मलेसिया जान नपाउने !जानकारी को share गरिदिनु होला
  • यी हुन् नेपालका १० उत्कृष्ट होटल
  • बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरी सूचना !!! सबैले एक पटक हेर्न नभुल्नुस होला !
  • जानी राखौ..आफ्नो इच्छाले जन्माउनुहोस् छोरा र छोरी
  • बेलायती भुगर्वविद् भन्छन नेपाल मा अझै ८ रेक्टर स्केल भन्दा माथिको भुकम्प जानसक्नेचिन्ता व्यक्त
  • दुखको खबर ! चर्चित गायिका अन्जु पन्तको दुवै मृगौलामा समस्या
  • साउदी अरबमा विस्फोट, कम्तिमा ३० जना मारिए
  • भूकम्पका कारण मैदान बन्यो गोरखाको बारपाक
  • त्रिपुरेश्वर-नागढुंगा सडक : अब यस्तो हुनेछ !
Labels
  • Beauty tips
  • Bichitra Sansar
  • Business And Tech
  • Entertainment
  • Exchange Rates
  • Filmy Khabar
  • International news
  • News
  • Rashifal
  • Sex and Health
  • Sports News
  • Video Gallery
Copyright © 2014. नौलो खबर . All rights reserved.
Home