काठमाडौंमा ठूलो असिनापानी, केही समयका लागी एयरपोर्ट बन्द
काठमाडौं, बैशाख २८ - आज दिउसो देखि मौसममा केही परिवर्तन भएको काठमाडौंमा साझँ हावाहुरीका साथै असिनापानी परेको छ । हावाहुरी र असिनापानीले काठमाडौं एयरपोर्ट केही समयका लागि बन्द गरिएको छ।
एयरपोर्टको उडान र अवतरण दुवै बन्द गरिएको छ । साढे सात बजेदेखी चलेको हावाहुरी र असिनापानीले काठमाडौं आउन लागेका उडानहरुलाई पनि डाइर्भट गरिएको बताइएको छ ।
भूकम्प गएको झन्डै तीन साता बित्न लाग्दा पनि बारम्बार गइरहने भूकम्पका पराकम्पनले त्रसित भूकम्पपीडितलाई आज परेको पानीले थप समस्यामा परेका छन् ।
आज दिउसो भने नेपालको मध्यपश्चिम क्षेत्रमा पनि ठूलो पानी परेको थियो ।