सिंहदरबारको मुख्य भवनमा थप क्षति काठमाडौंमा दुई जनाको मृत्यु
यही वैशाख १२ गते आएको भूकम्पले चर्किएको सो भवन मंगलबारको भूकम्पले थप क्षति पुगेको हो ।
भवनको सतह धेरै चर्किएको छ भने माथिल्लो रेलिङ र पिलर पनि चर्किएर भत्किएको छ ।
मंगलबार दिउँसो गएको भूकम्पले काठमाडौंमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धेरै घाइते भएका छन् । प्रहरी कन्ट्रोलका अनुसार एक बृद्ध र एक महिलाको मृत्यु भएको खबर आएको छ ।
थप विवरण आउन बाँकी छ । ललितपुरको ओमकार पोलिक्लिनिक भत्किएको छ । अघिल्लो भूकम्पले क्षति पुगेका कारण उक्त भवनमा रातो स्टिकर टाँसिएको थियो ।
ललितपुरमा १०७ भन्दा बढी घाइते भएका छन् । भक्तपुरमा ७४ जना घाइते भएका छन् । मंगलबार दिउँसो ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
