भूकम्प आउँदा सभासद् र मन्त्री भागाभाग (भिडियो)
काठमाडौं : मंगलबाबार दिउँसो १२ बजेर ५६ मिनेटमा आएको ७.३ म्याग्निच्यूटको भुइँचालोले संविधानसभा भवनमा सभासद् र मन्त्रीहरु भागाभाग भएका छन् भूकम्प पीडितको राहतका लागि सरकारले पेश गरेको संकल्प प्रस्तावमाथि छलफल चलिरहेका बेला शक्तिशाली भूकम्पले संविधानसभा भवन हल्लिएपछि सभासद् र मन्त्रीहरु आत्तिँदै बाहिर निस्केका हुन् ।
१२ म्याग्निच्यूटसम्मको भुइँचालो थेग्ने भनिएको नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बैठक भइरहँदा एमाले उपमहासचिव विष्णु पौडेलले संकल्प प्रस्तावमाथि बोलिरहेका बेला भूकम्प गएको हो ।
आइतबार दिउँसो ३ बजेर २३ मिनेटमा आएको भूकम्पका क्रममा पनि सिचार्इं मन्त्री एनपी साउदसहितका सभासद्हरु भागाभाग भएका थिए ।
आइतबार दिउँसो ३ बजेर २३ मिनेटमा आएको भूकम्पका क्रममा पनि सिचार्इं मन्त्री एनपी साउदसहितका सभासद्हरु भागाभाग भएका थिए ।
