दुई छोरीलाई विष खुवाएर आमाले गरिन् आत्महत्या
गजुरी : बैरेनी गाउँ विकास समिति–७ बेलटारकी २२ वर्षीया चन्द्रिका विकले आफ्ना दुई छोरीलाई विष खुवाएर आत्महत्या गरेकी छन्। सागसब्जीमा प्रयोग हुने विष सेवनबाट चाँदनी र उनकी एक छोरीको मृत्यु भएको तथा गम्भीर रहेकी अर्कीलाई उपचारका निम्ति काठमाडौँ पठाइएको गजुरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।चन्द्रिकाका श्रीमान्लाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ।