मलेसियामा एक नेपालीको मृत्यु, दुई घाइते
क्वालालम्पुर । मलेसियामा सोमबार साझँ एक नेपालीको कार्यस्थलमै मृत्यु भएको छ । अर्का दुई जना गम्भीर घाइते भएका छन् ।
रामेछाप वेताली गाविस घर भई मेरुमा रहेको मोइम कम्पनीमा कार्यरत अन्दाजी २४ वर्षका उपेन्द्र खड्काको मृत्यु भएको हो ।
घाइते सानो श्री वर्दियाका मिधुन थारु र गुल्मी तम्घासका वुद्धि कुमालको केलाङ अस्पतालमा उपचार भइरहेको छ ।

कम्पनीमा करीव २ सय नेपालीहरु कार्यरत रहेको वालकृष्ण थापा मगरले जानकारी गराएका छन् ।