सैनिक हेलिकोप्टर दुर्घटना, तीनको मृत्यु
फोटो :एजेन्सी
म्याड्रिड: स्पेनमा शनिबार साँझ भएको सैनिक हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ ।
सो हेलिकोप्टरमा रहेका चालक दलका तीनजना सदस्यकै ज्यान गएको स्पेनका प्रधानमन्त्रीले जानकारी दिए ।
सो हेलिकोप्टर दक्षिणपश्चिमी स्पेनको सेभिले विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको थियो । सो हेलिकोप्टरमा १० जना सैनिक रहेका थिए ।
बाँकी सैनिक घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल राखिएको जानकारी पनि स्पेनका प्रधानमन्त्रीले जानकरी दिएको समाचारमा जनाइएको छ ।
