News
»
मृत्युको मुखमा पुगेँ :नायिका थापा
मृत्युको मुखमा पुगेँ :नायिका थापा
जब भुकम्प आयो म मेरो घरको तीन तला माथी थिएँ । अब आयो गैहाल्छ, सानो तिनो आइरहेकै हो सोच्दै थिएँ । सोच्दा सोच्दै भुकम्प यति जोडले आयो की म मेरो ७२ बर्षिया आमालाइृ अंगालो मार्न पुगेछु ।
म श्री पशुपतीनाथको नाम जप्न थालें । मेरो छोराले म र मेरो आमालाई तान्दै थियो । सोचे आज हाम्रो जीवनको अन्तिम दिन हो । छोराले घिसार्दै भर्याङबाट झार्दा भुकम्प गैरहेकै थियो । त्यसपछि अहिलेसम्म त्यो क्षण सम्झदा कहाली लागेर आउँछ । मृत्युको नजिकबाट फर्किएपछि अझ मलाई अनुभुती भयो की यो भुकम्पबाट बाच्नु ठूलो कुरा हो । अझ आफ्ना आफन्तलाई कहि केही नहुनु त झन ठूलो कुरा भयो । भुकम्प गएको केही समयपछिनै क्षतीको विवरण आउँन थाल्यो । पहिलो ठूलो धक्का गैसकेपछि पनि बारम्बार कयौं भुकम्पका धक्काहरु आइरहेका थिए । सबैको जस्तो मेरो पनि घरभित्र गएर बस्न सक्ने अवस्था थिएन । बाहिरै बसें । भुकम्पकबाट म र मेरो परिवार बाच्न सफल भयो । तर, धेरैको ज्यान गयो, धेरैको घरबास उठेको छ । मलाई लाग्यो मेरो यो जीवन जो पीडामा पर्नु भएको छ, उहाँहरुको सहयोगका लागि हो । मैले मेरो गक्षले भ्याएसम्म आफन्त र घरबास गुमाएर पीडामा पर्नु भएकाहरुलाई सहयोग गर्नु पर्छ भन्ने लाग्यो । त्यसपछि सकेको आफूले, नसकेको केही साथीहरुसँग राहत संकलन गर्दै गाउँ गाउँ जान थाले । उहाँहरुले भोगेको पीडाको अगाडि मेरो पीडात निक्कै सानो रहेछ भन्ने लाग्यो । म अहिलेसम्म आफूले सकेको सहयोग लिएर देउपुर, बालुवापाटी,भोटेचौर, सिन्धुपाल्चोक, काभ्रेलगायतका क्षेत्रमा गएँ । त्यस क्षेत्रमा धेरैले दुःख पाउँनु भएको छ । उहाँहरुलाई हामी सबैको साथ चाहिन्छ । मैले सकेको सहयोग म गर्छु । तपाईले सकेको सहयोग तपाई गर्नुस । आउँनुहोस हामी सबै संगै मिलेर दुःखमा पर्नु भएका सबैको घाँउमा मलमा लगाएर सकेसम्म चाडो सन्चो बनाउँ । नायिका शुभेच्छा थापा - source tajakhabar