• मुख्य पृष्ठ
  • समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • बिजनेस
  • अन्तराष्ट्रिय समाचार
  • फिल्मी खबर
  • यौन तथा स्वास्थ्य
  • राशिफल
  • रोचक संसर
  • भिडियो ग्यालरी
  • खेलकुद
News » कतारमा श्रीमति बेपत्ता, श्रीमानद्धारा आत्महत्या.....!
कतारमा श्रीमति बेपत्ता, श्रीमानद्धारा आत्महत्या.....!

कतारमा श्रीमति बेपत्ता, श्रीमानद्धारा आत्महत्या.....!
खोजतलास.com's photo. - यहि वैशाख ११ गते शुक्रवार छुट्टीका दिन नुवाकोट, घ्याङफेदी गाविस घर भएकी कतारमा कार्यरत सानुमाया तामाङ विहानको समयमा क्याम्पमा भएको श्रीलंकन सेक्युरिटी गार्डलाई जानकारी दिंदै रास्लाफानमा रहेका श्रीमानले आफुलाई भेट्न भनी बोलाएकाले जान लागेको भन्दै जानकारी दिएर क्याम्पबाट निस्कनु अघि सेक्युरिटी अफिसको लगबुकमा नाम र निस्किएको समय लेखाएर बाहिरीएकी थिइन् । उसो त उनका श्रीमान् राम वाईवा कतार आएको पनि धेरै नै भइसकेको रहेछ । शुक्रवार श्रीमान् राम वाईवालाई भेट्न भनी हिंडेकी सानुमाया साँझसम्म पनि क्याम्पमा नआएपछि उनलाई फोन सम्पर्क गर्ने प्रयास गरियो । फोन सम्पर्क गर्ने धेरै प्रयास गर्दा पनि सानुमायाको मोबाइलको स्वीच अफ भएको मात्र टेलिकिमले जनाउ दिएपछि त्यसो भए सानुमाया एकाएक कहाँ गइन् त ? भनी कम्पनीले चासो लिँदै अघि बढ्दै गयो । कतारमा रहेको नेपाली महिला समाजकी द्धितिय उपाध्यक्ष संगीता जिम्वा थिङबाट जानकारी पाए अनुसार ११ तारिख शुक्रवारका दिन सानुमायाको मोवाईलबाट कतारमा नै कार्यरत एक नेपालीलाई फोन गरेको जानकारी प्राप्त भयो । नाम थाहा हुन नसकेका उक्त व्यक्ति शुक्रवार १२ बजेको समयमा नमाज पढ्न गएकाले उनले मोवाईल गाडीमा नै छोडेका रहेछन् । गाडीमा आएर मोवाईल चेक गर्दा सानुमायाको नम्बरबाट कल आएको र आफुले कल ब्याक गर्दा सानुमायाको मोबाइल स्वीच अफ भएको भन्ने जनाउ मात्र उनले प्राप्त गर्न सकेको महिला समाजकी सदस्य संगीता लामाले बताईन् । यसरी एकाएक सानुमाया कतारमा नै शुक्रवारको दिनबाट हराएपछि कम्पनीले नेपालमा उनका आफन्तजनलाई सो बारेमा जानकारी गराए । सो जानकारी पाएपछि नुवाकोटमा रहँदै आएकी सानुमायाकी बहिनीले सोमबार मात्र कतारमा आफ्नी दिदी सानुमायाका साथीहरुलाई दिदी कम्पनीमा नरहेको जानकारी कम्पनीले दिएको र कतारमा नै रहेका दिदीको श्रीमानसँग पनि फोन सम्पर्क गर्न खोज्दा स्वीच अफ भएको जानकारी प्राप्त भएको बताईन् । यता सानुमायाका श्रीमान् काम गर्ने कम्पनीका आफ्ना साथीहरुलाई १२ अप्रिल शनिवार ११ः५८ मा गएको भुकम्पमा परी आफ्नो परिवारजन कोहि पनि जिउँदो नरहेको बताउँदै चिन्तित मुद्रामा रहेको पनि उनका कम्पनीमा कार्यरत उनका साथीले बताएको संगीताले जानकारी पाएको बताईन् । सोमबार मात्र महिला समाजका सदस्यहरुले सानुमाया कम्पनीको सम्पर्कमा नरहेको जानकारी पाएपछि उनका श्रीमान् राम वाईवालाई सम्पर्क गर्न खोज्दा अर्को अशुभ समाचार प्राप्त भयो । शनिवार गएको भुकम्पले आफ्नो परिवारजन कोहि पनि जिउँदो नरहेको बताउने उनले त्यहि शनिवार नै शौचालयमा गएर आत्महत्या गरेको जानकारी उनका साथीहरुबाट प्राप्त भएको महिला समाजकी सदस्यबाट प्राप्त भयो । आइतवार मात्र शौचालयमा आत्महत्या गरेको अवस्थामा भेटिएका वाइबाको नाम भने रामे तामांग भएको केमको कम्पनीमा कार्यरत काठमाडौंका सनत नामका इन्जिनियरले बताए । उसो त सानुमाया कतारको रास्लाफानमा रहेका श्रीमान्लाई भेट्न भनी गएको भनिएका उनका श्रीमान् साउदी बोर्डर तिर रहने जानकारी प्राप्त भएको छ भने भुकम्पले आफ्नो कोहि पनि परिवारजन जिउँदो नरहेको बताउने राम वाईवाको भनाई पनि गलत पुष्टि भएको छ । घटना भएको २ दिन पछि मात्र दीदी हराएको बारेमा खोजिदिन आग्रह गर्दै फोन गरेकी सानुमायाकी बहिनी अर्थात् राम वाईवाको साली मार्फत बुझ्दा नुवाकोट, घ्याङफेदी गाविसमा रहँदै आएका रामका कोहि पनि परिवारको सदस्यलाई मानवीय क्षति नभएको पनि बुझिन आएको छ । यि सबै घटनाचक्रलाई बुझ्दा र संदिग्ध अवस्था सिर्जना हुँदा केहि प्रश्नहरु जन्मिन पुगेका छन् । सदा झैं शुक्रवारे छुट्टीका दिन क्याम्पबाट बाहिरीने सानुमायाले आफ्नो श्रीमान् साउदी बोर्डर तिर बस्ने जानकारी उनलाई नभएकै हो त ? यदि साउदी बोर्डरमा उनको श्रीमान् राम वाईवा बस्ने जानकारी थियो भने रास्लाफानमा मेरो श्रीमान् बस्नुहुन्छ भनेर भन्नुको रहस्य के थियो ? अर्को पक्ष, सानुमायाको श्रीमान् राम बाईवाले शनिवार गएको भुकम्पमा परी सम्पुर्ण परिवारजनको मृत्यु भएको भनेर उनले साथीहरु बीच किन झुटो बोले ? जबकि उनको परिवारजनलाई केहि पनि नभएको भन्ने जानकारी नुवाकोटमा रहने उनकै सालीले कतारमा रहेका उनका दिदीका साथीहरुलाई जानकारी दिएकी थिइन् ।


Labels: News
Newer Post Older Post Home
नौलो खबर
Recent Updates
Popular Posts
  • अञ्जुसँग छुटेपछि मनोजराज भन्दैछन्ः उसैको मायामा भुलेको छु (
  • एस.एस.पी. रमेश खरेललाई साथ दिनु हुन्छ भने सक्दो सेयर गर्नु होला साथीहरु
  • नेपाली कामदार अब मलेसिया जान नपाउने !जानकारी को share गरिदिनु होला
  • यी हुन् नेपालका १० उत्कृष्ट होटल
  • जानी राखौ..आफ्नो इच्छाले जन्माउनुहोस् छोरा र छोरी
  • बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरी सूचना !!! सबैले एक पटक हेर्न नभुल्नुस होला !
  • के कारण हुन्छ पायल्स ? यस्ता रोगीले के खाने, के नखाने (घरेलु उपचारसहित)
  • एसिडले शरीरमा कस्तो असर पार्छ ? जानी राखे धेरै राम्रो
  • साउदी अरबमा विस्फोट, कम्तिमा ३० जना मारिए
  • त्रिपुरेश्वर-नागढुंगा सडक : अब यस्तो हुनेछ !
Labels
  • Beauty tips
  • Bichitra Sansar
  • Business And Tech
  • Entertainment
  • Exchange Rates
  • Filmy Khabar
  • International news
  • News
  • Rashifal
  • Sex and Health
  • Sports News
  • Video Gallery
Copyright © 2014. नौलो खबर . All rights reserved.
Home