मलेसियामा नेपाली लुटिए
दाङ, जेठ ११–मलेसियामा एक नेपाली आज लुटिएका छन् । घरमा पैस पठाउन जाने क्रममा झापाको बिर्तामोड घर भएका नबिन परियारलाई लुटेराको समुहले नियन्त्रणमा लिएर ३ हजार रिङगेट अर्थात ८४ हजार रुपैया लुटेर लगेको उनका साथीहरुले जानकारी दिएका छन् ।
मलेशियाको इकुमा स्थित सुपरमार्केटमा कार्यरत परियारलाई स्थानिय कालाजातिका लुटेराको समुहले ट्याक्सीबाट नियन्त्रणमा लिएर जंगलमा लगी कुटपिट गरी पैसा लुटेको दाङको तुलसीपुर नगरपालीका १० गहते निबासी विनोद देवकोटाले टेलिफोन मार्फत जानकारी दिएका छन् ।
उनका अनुसार परियारको अहिले अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समय मलेशीयामा नेपाली लुटिने क्रम बढेर गएको त्यहाँ कार्यरत नेपालीहरुले जानकारी दिएका छन् ।

