भूकम्पको अर्काे ठुलो धक्का..

काठमाडौं, ११ जेठ । विनाशकारी भूकम्प गएको एक महिनापछि दोलखामा भूकम्पको अहिले सम्मकै ठूलो धक्का महसुस गरिएको छ ।

सोमबार राति १० बजेर १६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्पको ठूलो धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखाका स्थानीय विरबहादुर अधिकारीले रातिको भूकम्पले पुरै हल्लाएको बताए । ठूलो धक्का महसुस भएको उनले बताए । सुत्न ठिक्क परेका स्थानीयमा  ठूलो धक्काले झनै त्रास थपेको छ ।

यसअघि विहान ११ बजे पनि दोलखामै भूकम्पको धक्का महसुस भएको थियो ।