नेपालमा फेरि भूकम्पको अर्को धक्का
फोटो :अन्नपूर्ण
काठमाडौं : नेपालमा शनिबार दिउँसो फेरि अर्को भूकम्पको धक्का महसुस भएको छ । शनिबार अपरान्ह ५ बजेर १८ मिनेटमा भूकम्पको कडा धक्का महसुस भएको थियो ।
दोलखालार्इ केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का महसुुस भएपछि परेवासहितका चराचुरुङ्गी उडेका थिए ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी नेपालका भोजपुर, खोटाङ र सुनसरीसहितका जिल्लामा पनि महसुस भएको थियो । शनिबार मात्रै नेपालमा ५ वटा चार म्याग्निच्यूटमाथिका भूकम्पको धक्का महसुस भइसेकको छ ।
यसअघि बिहान ६ बजेर ११ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूट, ६ बजेर ३१ मिनेटमा गोरखा र धादिङलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको थियो।
यसैगरी बिहान ९ बजेर २४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूट तथा ९ बजेर ३५ मिनेटमा ललितपुर र दोलखालाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूटको भूकम्प गएको थियो।