कङ्गोमा नेपाली सेनाको मृत्यु
काठमाडौँ, जेठ ३– अफ्रिकी मुलुक कङ्गोमा खटिएका नेपाली शान्ति सेनाका सिपाही बलबहादुर नेपालीको मृृत्यु भएको छ ।
कर्तव्य पालनाका सिलसिलामा गत वैशाख २८ गते उनको मृत्यु भएको हो । विगत आठ महिनादेखि उनी भीमदल गण शान्ति सेनाको २१औँ डफ्फाअन्तर्गत कङ्गोमा सेवारत थिए । सिपाही नेपालीको शव शनिबार स्वदेश ल्याइएको र गौचरस्थित कालीप्रसाद गणको प्राङ्गणमा सैनिक सम्मानका साथ श्रद्धाञ्जलि अर्पण गरिएको नेपाली सेनाले जनाएको छ । सेनाले विश्व शान्ति, भ्रातृत्व र मानवमात्रको लागि कर्तव्यमा रहँदा वीरगति प्राप्त गर्नु आफैँमा एक विशिष्ट त्याग र बलिदान भएको जनाउँदै शान्ति स्थापनाको पुण्य कार्यमा समर्पित सैनिक जवानको बलिदानले सबै नेपाली र नेपालको विश्व शान्तिप्रतिको अटुट समर्पणलाई उजागर गरेको नेपाली उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।