नेपाली युवाले बनाए भग्नाबशेष उठाउने मेसिन

काठमाडौँ, जेठ ३  – तीन साताको निरन्तर प्रयासपछि दुई युवाले भग्नावशेष उठाउने मेसिन तयार पारेका छन् । घोराही ११ का गोपाल रोका र शंकर सुनारले बनाएको रोबोटिक आर्मले मानिसको हातले जस्तै ढुंगा, माटो र इट्टा उठाएर सुरक्षित ठाउँमा राख्न सक्छ । भूकम्पपछि डोजर लगाएर भग्नावशेष खोतल्दा पुरिएको जीवीत मानिसको ज्यान जान सक्ने खतरा देखेपछि उनीहरुले यस्तो मेशिनको आविस्कार गरेका हुन् । रोकाले भने यो मेशिनबाट भग्नाबशेषमा पुरिएका मानिसलाई सहजै निकाल्न सकिन्छ । यसले ध्वनी र बायु प्रदुषण पनि हुँदैन तर उपकरण बनाउन आवश्यक सबै सामान जिल्लामा सहजै पाउन नसक्ने उनीहरुको गुनासो छ । -