विप्लव माओवादीको कार्यकर्ताहरुले कुटे पत्रकार सम्मेलनमा प्रश्नकर्ता

मिडिया एनपी, काठमाडौं । विप्लव माओवादीले आइतबार काठमाडौंको खुलामञ्चमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रश्नकर्ता नै कुटिएका छन् । भूकम्प पछि आफूले गरेको कामबारे जानकारी दिन विप्लव माओवादीले गरेको पत्रकार सम्मेलनमा सन्दिप कुँवर कुटिएका हुन् । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रश्न सोध्न खोज्दा प्रश्नकर्ता कुँवर प्रहरीको अगाडि नै कुटिएका हुन् ।
sandip kuwarपत्रकार सम्मेलनका क्रममा महावौद्धका कुँवरले प्रश्न सोध्न खोज्नासाथ नजिकै रहेका विप्लवका कार्यकर्ताहरुले कुटेका हुन् । भूकम्प पीडितहरुको उद्धारमा खटिँदै आएको युवाहरुको समूह ‘अन द स्पट डिजास्टर टीम’ गठन गरेका कुँवरले उद्धारको कामबारे केहि जिज्ञासा राख्न खोज्दा एक्कासी कुटिएका हुन् । कुँवरको अहिले ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।
नेताहरु र राजनीतिक दललाई गाली गरेको भन्दै विप्लवका कार्यकर्ताले कुँवरलाई कुटेका हुन् ।