विमानस्थलमा विस्फोट, दुई युवतीको ज्यान गयो
मिडिया एनपी, काठमाडौं । अफ्गानिस्तानको राजनधानी काबुलस्थित एक विमानस्थलमा शक्तिशाली बम विस्फोट हुँदा दुई युवतीको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन् । आफ्गानी प्रहरीका अनुसार विमानस्थलमा गरिएको उक्त आत्मघाती आक्रमणमा एक विदेशी सैनिक बहानको प्रयोग गरिएको थियो । प्रहरीले घटनामा मारिनेहरुको संख्या बढ्न सक्ने जानकारी दिएको बिबिसिले उल्लेख गरेको छ ।
तीन दिनअघि काबुलकै एक गेस्ट हाउसमा भएको आक्रमणमा १४ जना मारिएका थिए ।
