मुसाको दुलोबाट निस्केको हिलोलाई ज्वालामुखी भनेपछि....
बुधबार दिउँसो विभिन्न अनलाइन र अन्य सञ्चारमाध्यममा ज्वालामुखी फुटेको समाचारले रौतहटका प्रहरी प्रशासन प्रमुखले दिनभर तनावमा बिताए ।
देश विदेशबाट समेत चासो व्यक्त भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले ज्वालामुखी निस्केको समाचार गलत भएको जनाउँदै हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका रौतहटका प्रहरी प्रमुख सानुबाबु थपलियाले ज्वालामुखी निस्केको नभइ गौरको एक घरभित्र मुसाले बनाएको सानो प्वाँलबाट थोरै हिलो माटो निस्केको जानकारी दिए ।
ज्वालामुखी निस्केको हल्ला चलेपछि सो स्थानमा पुगेका जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुधीर शाहीले गौर नपा–९ का अच्छेलाल कुशवाहाको घरभित्र चुल्हो नजिकैको मझेरीमा परेको सानो प्वाँलबाट केही हिलो माटो र खरानीजस्तो निस्केको बताए ।
हल्लाको पछि लागेर त्रसित नहुन रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आग्रह गरेका छन । ‘यस्ता समाचार लेख्दा वास्तविकता र यथार्थ बुझ्न आग्रह गर्छु’, उनले भने, ‘नागरिकलाई भ्रममा पार्ने बिषय सामाजिक सञ्जालमासमेत नराख्नु हुन प्रशासनको तर्फबाट अपिल गर्दछु ।’

ज्वालामुखी फुटेको भनिएको घरका मालिक कुशवाहले शुरुमा प्वाँलबाट आगो बलेको देखिएपछि एक बाल्टिन पानी हालेर निभाएको बताए । तर पछि के निस्क्यो आफूलाई कुनै जानकारी नभएको उनले प्रतिकृया दिएका छन् ।
गौरी शंकर क्याम्पसका प्रशासन प्रमुख मोहन यादवले क्याम्पस नजिकैको घरमा ज्वालामुखी निस्केको समाचार झुटो रहेको बताएका छन् ।
गौरी शंकर क्याम्पसका प्रशासन प्रमुख मोहन यादवले क्याम्पस नजिकैको घरमा ज्वालामुखी निस्केको समाचार झुटो रहेको बताएका छन् ।