सरकारले निःशुल्क (फ्रि) भिसा बाहेकका वैदेशिक रोजगारी बन्द
काठमाण्डु, २७ वैशाख – सरकारले निःशुल्क (फ्रि) भिसामा बाहेक आफ्ना नागरिक
वैदेशिक रोजगारीमा नपठाउने भएको छ । शुल्क लिएर वैदेशिक रोजगारीमा पठाउन
रोक लगाएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बताएका हुन्।
यसअघि कतार लगायत मुलुकले फ्रि भिसा दिँदै आएपनि म्यानपावर कम्पनीले चर्को
शुल्क असुल्दै आएका थिए । यसबारे कतार सरकारले औपचारिक तवरबाटै आपत्ति
जनाएको थियो। स्रोत - कान्तिपुर

